citizens life insurance long ad
stcnepal long ad

प्रिज्मा एडभटाइजिङ ३०ओैं वर्षमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडाैं । नेपालको अग्रणी विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाईजिङले आफ्नो सफलताको ३०औँ वार्षिकउत्सव मनाएको छ । प्रिज्मा एड्भटाईजिङ सन् १९९१ अक्टुवर १ मा स्थापना भएको थियाे । त्यस यता लगातार अघि बढिरहेको प्रिज्माले सबै ग्राहकहरुसँग निकट सम्बन्ध कायम गर्दै उच्च सेवा स्तरलाई कायम राख्दै आएको छ ।

रचनात्मक नेतृत्व र ३६० डिग्रीको ब्रान्ड स्टिवार्डसिपको मूल उद्देश्यबाट अगाडि बढेको प्रिज्मा शुरुवातबाट आज सम्म पनि त्यही उद्देश्यलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको जनाइएकाे छ । प्रिज्मा सन् २००४, २००५, २००६, २००७ र २००८ मा लगातार पाँच वर्ष उत्कृष्ट एजेन्सीको रुपमा नेपाल विज्ञापन संघबाट सम्मानित भएकाे थियाे ।

प्रिज्माले अमेरिकाको एक प्रतिष्ठित कम्पनी जोन्सन एण्ड जोन्सनले प्रदान गर्ने अन्तर्राष्ट्रिय अवाड बेल रिङगर २०००’ समेत जितेको थियाे । प्रिज्माले सधैं आफुलाई विकसित उद्योगसँग समायोजित गर्दै अगाडि बढिरहेको र ग्राहकहरुको माग एवं अपेक्षाहरुलाई राम्ररी बुझ्दै आएकाे छ।

प्रिज्मा एड्भर्टाइजिंगको मूख्य विशेषताहरु रचनात्मक डिजाइन, अभियान निर्माण तथा कार्यान्वयन, ब्रान्डको रणनीति तथा विकास, प्रोडक्सन तथा फ्याब्रिकेशन, अडियो भिजुअल निर्माण, मिडिया तथा प्रेस विज्ञप्ति, पब्लिक रिलेशन तथा सामाजिक संजाल र डिजिटल मार्केटिंग रहेका छन् ।

प्रिज्माले कोका–कोला, बजाज पल्सर, मेरो मोबाइल, एनसेल, अर्घाखाँची सिमेन्ट, नेस्ट्ले, एभरीडे लगायत थुप्रै ग्राहकहरुका लागी सफलतापूर्वक अभियानहरु कार्यान्वयन गरेको जनाइएकाे छ । प्रिज्मा एड्भर्टाइजिंगका सिइओ रञ्जीत आचार्यले भने “हामीले यो स्थापनाकालको ३० वर्ष मनाइरहँदा, यसले मलाई एकछिन अडिएर, हामीलाई यस माइलस्टोनसम्म आइपुग्न मद्दत पुर्याएका सम्बन्धहरु र सफलताहरुको प्रतिबिम्ब गराएको छ । हामीमा सधैं विश्वास गर्ने सरोकारवालाहरु, साझेदारहरु तथा सम्पूर्ण प्रिज्मा परिवारको यस सफलतामा अहम भूमिका रहेको छ । हामीले हाम्रा उपलब्धिहरुको बावजूद कहिल्यै विश्राम लिएनौँ र सधैँ सफलताको होडबाजीमा लागि रहयौँ । हामीले हाम्रो यो उच्च मापदण्डहरुलाई कायम राख्न कडा मेहनत गरेका छाैं। निकट भविष्यमा पनि हामीले आफुलाई अझै विकसित गर्दै आफ्नो स्थानलाई अझै बढाउन प्रतिबद्ध रहेका छाै।”

 

IME Life
kumari