citizens life insurance long ad
stcnepal long ad

आज जर्मनीमा आम निर्वाचन हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad

आज जर्मनीमा आम निर्वाचन हुँदै
एजेन्सी। जर्मनीमा आज आइतबार आम निर्वाचन हुँदै छ । जर्मन चान्सलर एङ्गेला मर्केलको १६ वर्ष लामो सत्ता सन्चालनपछि नयाँ चान्सलर चयनका लागि हुन लागेको यो निर्वाचनलाई महत्त्वका साथ हेरिएको छ ।

निर्वाचनमा एङ्गेला मर्केलको समर्थन पाएका अर्मेल ल्यानसेट र अनेलिना बेरभोकबीच मुख्य प्रतिस्पर्धा हुने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

जर्मनीका ६ करोड मतदाताले जर्मनीको तल्लो सदनमा ५९८ जना सदस्य चयन गर्नेछन् । तिनै सांसदहरुले बहुमतको आधारमा जर्मन चान्सलर चुन्नेछन् । तल्लो सदनमा स्पष्ट बहुमत प्राप्त नभए गठबन्धनको सरकार बन्नेछ ।

निर्वाचनको परिणाम आज नै आउने छ । जर्मनीमा १६ वर्ष सत्ता सञ्चालन गरेकी मर्केल विश्वका शक्तिशाली व्यक्तिहरुको सूचीमा १० वर्षसम्म परेकी थिइन् ।

 

IME Life
kumari