stcnepal long ad
ime life insurance
national life
global ime bank long

श्रीपेच लुटने प्रयास

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच लुटने प्रयास भएको छ । आज दिउँसो अवलकोनका लागि संग्रहालय पुगेका रूकुम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीपेच राखिएको सोकेस फुटाएर लुटने प्रयास गरेका थिए तर उनले लुटने नभइ लगाउने प्रयास गरेको प्रहरीले जनाएको छ।

श्रीपेच राख्ने दराज छेउको खुकुरी राखिएको सोकेस फोरेर घर्तीले खुकुरी निकालेको नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताएका छन ।

श्रीपेच रहेको सिसा फुटाउनका लागि घर्तीले उक्त कोठामा रहेको अर्को सिसाको सोकेस फुटाएर खुकुरी निकाल्ने प्रयास गरेका थिए । सोही क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको दाहालले बताएका छन।

श्रीपेच बुलेट प्रुफ सिसाभित्र छ । श्रीपेच रहेकै एकातर्फको भित्तामा सिसाको सोकेस छ । त्यो सिसाको सोकेस फुटाएर उनले खुकुरी झिकी श्रीपेच निकाल्ने प्रयास गरेको देखिन्छ ।

IME Lifesidebar
kumari