stcnepal long ad
ime life insurance
national life
global ime bank long

एचएमडी ग्लोबलले एभरेस्ट प्रिमियर लिगको फ्रेन्चाइज क्रिकेट टीम काठमाडौं किंग्स ११ सँग साझेदारी गर्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्सले नेपालको घरेलु टी २० प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौं किंग्स इलेवन (केकेएक्सआई) को आधिकारिक स्मार्टफोन साझेदार बन्ने घोषणा गरेको छ ।

यो प्रतियोगिताको चौथो संस्करण गत वर्ष हुने तय भएको थियो तर कोभिड १९ को महामारीका कारणले यो असोज ९ गते देखि असोज २३ सम्म हुने भएको छ ।

फिनल्याण्डमा डिजाइन गरिएको नोकिया ब्रान्डको इजाजतपत्र प्राप्तकर्ता एचएमडी ग्लोबलले उपभोक्ताहरुलाई एक साथ ल्याउने र देशमा आफ्नो ब्रान्डको निर्माणको लागी मार्केटिंग पहलको लागी केकेएक्सआईलाई लाभान्वित गर्ने योजना बनाएको छ ।

एचएमडी ग्लोबल प्यान एसियाका जेनेरल म्यानेजर रवि कुँवरले भन्नुभयो , “एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्स आधिकारिक मोबाइल फोन पार्टनरको रूपमा केकेएक्सआईको साझेदारी गर्न पाउँदा र देशमा आफ्नो ब्रान्डको उपस्थितिलाई अझै सुदृढ गर्न पाउँदा निकै उत्साहित छ ।

एचएमडी ग्लोबलमा हामी विश्वास गर्दर्छौं कि मोबाइल टेक्नोलोजीले विश्वभरिका सबै उपभोक्ताको दैनिक जीवनमा बृद्धि ल्याउन सक्दछ र क्रिकेट खेल नेपाली जनताको लागी एक जोश हो जसलाई हामी अझ सुलभ बनाइरहेका छौँं ।”

विश्व प्रसिद्ध क्रिकेट खेलाडी शाहिद अफ्रिदी र नेपालका सुपरस्टार सन्दीप लामिछाने केकेएक्सआइका लागि एउटै टीममा एकजुट भएर खेल्नेछन् ।

प्रतियोगितामा भैरहवा ग्लाडिएटर्स, विराटनगर वारियर्स, चितवन टाइगर्स, काठमाडौं किंग्स ११, ललितपुर प्याट्रियट्स र पोखरा राइनोज गरी ६ वटा टीमहरु सहभागी हुनेछन् । खेलाडीहरुको सूचीमा शाहिद अफ्रिदी, र्यान पठान, ओशादा फर्नान्डो, रिचर्ड लेवी, सीकुगे प्रसन्ना जस्ता अन्तर्राष्ट्रिय खेलाडीहरु पनि परेका छन् ।

ईपीएल २०२१ असोज ९ गतेबाट सुरु हुँदैछ र केकेएक्सआइको पहिलो खेल ललितपुर प्याट्रियट्स सँंग उद्घाटनको दिनमा हुने तय भएको छ ।

सबै खेलहरु कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइनेछ । प्रतियोगिता नेपाल भरी हिमालय टिभी र विश्वका १५० भन्दा बढी देशहरुमा प्रसारित हुनेछ । अधिक जानकारीको लागी, www.eplt20.com.np वेभसाइटमा जानुहोस् ।

एचएमडी ग्लोबलले आफ्नो महान मूल्य, हस्ताक्षर गुणस्तर निर्माण स्थायित्व र उद्देश्यपूर्ण इनोभेसनका साथ तपाइँले माया गर्ने, विश्वास गर्न सक्नुहुने र लामो समय सम्म टिक्न सक्ने फोनहरुको निर्माण गर्दछ ।

IME Lifesidebar
kumari