stcnepal long ad
ime life insurance
national life
global ime bank long

तिव्वतियन खम्पा क्याम्पबाट जुवाडे पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीको तिव्वतियन शरणार्थी खम्पा क्याम्प भित्र जुवा खेलाई रहेको ठाउँबाट महानगरीय प्रहरी वृत्त बौद्धले ४ लाख ७५ हजार नगद सहित २० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीको चामुण्डागेटस्थित तिब्बतीयन खम्पा क्याम्पभित्र धावा ढुण्डुपको घरमा जुवा खेल्दै गरेका थिए।

उनीहरुका साथबाट प्रहरीले नगद सहित क्यासिनोमा प्रयोग हुने ४६४ थान क्वाइन, विभिन्न व्यक्तिका नाममा काटेको २८ वटा चेक र १०० थान कौडा समेत बरामद गरेको छ ।

IME Lifesidebar
kumari