stcnepal long ad
ime life insurance
national life
global ime bank long

यस वर्षको इन्दजात्रा (येयाँ पुन्हि) स्वास्थ्य मापदण्डको पालना गर्दै मनाइने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँं । कोरोना भाइरस सङ्क्रमणको महामारीलाई ध्यानमा राखी सुरक्षा मापदण्डका साथ यस वर्षको इन्दजात्रा (येयाँ पुन्हि) धूमधामसँग मनाइने भएको छ ।

गतवर्ष कोभिडका कारण औपचारिक पूजामा सीमित भएको इन्द्रजात्रा यस पटक स्वास्थ्य मापदण्ड पालना गर्दै मनाइने अभियन्ता गणपतिलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले कोभिड महामारीको चुनौतीका कारण जो कोहीले पनि रथ तान्न नपाउने बताउनुभयो ।

श्रेष्ठका अनुसार गुठी संस्थानबाट आउने व्यक्तिले रथ तान्ने छन् । त्यसमा कोरोनाविरुद्धको खोप लगाएका व्यक्ति हुनुपर्ने नियम बनाइएको छ । पहिले जस्तो आस्था हुने जो कोही व्यक्तिले रथ तान्न नपाउने भएको जानकारी दिँदै १८ वर्ष मुनिका बालबालिका, किशोर–किशोरी, खोप नलगाएका व्यक्ति, वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिलाई जात्रामा छुट्टै राखिने बताउनुभयो ।

परम्परागत शैलीको बाजागाजाको ध्वनि इन्द्रजात्राको पहिचान हो । उपत्यकाको भित्री सहरका विभिन्न ठाउँमा इन्द्र प्रदर्शनी राख्नु, कुमारी, वटुक भैरव, गणेशको रथ तान्नु, ठाउँठाउँमा भैरवको मुकुण्डो, समय्बजी सजाएर प्रदर्शनीमा राखिनु, दबुहरूमा देवीको नाच देखाउनु, पुलुकिसी नाच, मजिपा लाखेको नाच यी सम्पूर्ण गतिविधिमा विशाल जनसमुदायको सहभागिता हुनुले इन्द्रजात्राको धार्मिक, सांस्कृतिक र सामाजिक महìव रहेको जनाइएको छ ।

यस दिन साँझपख घरघरमा बत्ती बाली समय्बजी राखी पूजा गरेपछि बाहिर आएर बाँड्ने चलन छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले कोरोनाको महामारीका कारण रोकिएको जात्रा यस वर्ष सुरक्षाको मापदण्डअनुसार गरिने जानकारी दिनुभयो ।

शाक्यले श्री कुमारी, श्री गणेश, श्री भैरवको सुरक्षा साथ रथ तानिने बताउनुभयो । उहाँले यस उत्सव भाद्र शुक्ल द्वादशीदेखि आश्विन कृष्ण चतुर्थीसम्म आठ दिनमा विभिन्न किसिमका सांस्कृतिक पक्षबीच मनाइने जानकारी दिनुभयो ।

इन्द्रजात्रा (येयाँ पुन्ही) को दिन सम्य बजीः (विषेश प्रकारको च्युरालगायत बोडी, मासु, कालो भटमास, छोइला आदिको समिश्रण) का रूपमा इन्द्रजात्रा मनाइन्छ । यस पर्वलाई स्याः बजी नखः पनि भनिन्छ ।

यसैबीच, इन्द्रजात्रा अवधिभर काठमाडौँका भित्री क्षेत्रमा मानिसको चाप हुने भएकाले सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।

काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै असोज २ देखि ८ गतेसम्म चल्ने इन्द्रजात्राका अवधिभर सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ ।

 

IME Lifesidebar
kumari