stcnepal long ad
ime life insurance
national life
global ime bank long

२४ओैं गणेशमान स्मृति दिवस मनाइदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। प्रजातन्त्र पुनःस्थापना भएको विसं २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४ औँ स्मृति दिवस आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

बिहान ९ बजे विजेश्वरीमा गणेशमान प्रतिष्ठानले वीर गणेशमान सिंहको शालिकमा माल्यापर्ण गरि सिंहको सम्झना गर्दैछ।

आजै नेविसंघले नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्य समिति भवन ज्ञानेश्वरमा गणेशमानको शालिकमा माल्यार्णपन गरि २४ ओैं स्मृती दिवश मनाउदैछ।

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए ।

विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफू प्रधानमन्त्री नबन्ने र आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मनुभएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको थियो ।

काठमाडौंको खानदानी नेवार परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायतलाई तत्कालीन सरकारले समातेर जेल हालेको थियो ।

विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल भएका जोशिला र आटिला तन्नेरी उनी हिडदै भारत निर्वासनमा गएका थिए। प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय भएका थिए ।

जेलबाट भागेर भारत पुगेका सिंहले अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरेर कांग्रेस भएका थिए । उ

नले केही सहयोगीका साथ २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस गठन गरि कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिएका थिए। कांग्रेसको संगठन विस्तारमा उनको उल्लेखनीय भूमिका रहेको छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक मुख्य नेतृत्व कर्ताका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरेका थिए ।

देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहेका थिए । उनी नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील थिए ।

विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री थिए। गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताएका थिए ।

विसं २०२५ मा बीपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि उनले प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरेका थिए । उनी विसं २०३३ मा बीपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरूद्ध सक्रिय भएर २०४६ साल चैत्र २६ मा प्रजातन्त्र बहाली गराएका थिए ।

तत्कालीन पञ्चायती सरकारले बीपीसँगै मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा विशेष अदालतबाट उनले सफाइ पाएका थिए ।

उनले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा उनले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गरेका थिए ।

विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता सिंहको महत्वपूर्ण योगदान २०४६ सालमा रहयो ।

जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर भई सबैको प्रिय बनेका थिए ।

नेता सिंहको २४ औँ स्मृति दिवसका अवसरमा आज कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गर्दैछन् ।

कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर कार्यक्रम आयोजना गरिने कांग्रेसले जनाएको छ ।

IME Lifesidebar
kumari