stcnepal long ad
ime life insurance
national life
global ime bank long

काठमाडौं उपत्यकामा ४० प्रतिशतले दोस्रो खोप लगाए

असोज भित्रै ८४ प्रतिशतले दोस्रो खोप लगाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको अर्थात दोस्रो खोप ४० प्रतिशतले लगाइ सकेका छन् ।

काठमाडौं उपत्यकामा १५ लाख ५५ हजार आठ सय ९५ जनाले पहिलो मात्रा र ११ लाख ७१ हजार चार सय २० जनाले पूर्ण मात्रा अर्थात दोस्रो खोप लगाइ सकेका छन् । मुलुकभरि पहिलो मात्रा १९।९ र पूर्ण मात्रा दोस्रो खोप १८ प्रतिशतले लगाइसकेका छन् ।

स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका अनुसार कोभिड–१९ विरुद्धको खोप काठमाडौं जिल्लामा पहिलो मात्रा ५० र पूर्ण मात्रा अर्थात दोस्रो मात्रा ४१ प्रतिशत जनसङ्ख्याले लगाइसकेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कम्तीमा ६० प्रतिशत जनसङ्ख्यालाई खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने जनाउदै आएको छ ।

काठमाडौंमा ११ लाख ३७ हजार १ सय ६८ जनाले पहिलो मात्रा र ९ लाख ३३ हजार ३ सय ६१ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

यस्तै भक्तपुरमा पहिलो र पूर्ण मात्रा खोप ४१ प्रतिशत जनसङ्ख्या लगाइ सकेको छ। यसैगरि ललितपुरमा पहिलो मात्रा ४५ प्रतिशत र पूर्ण मात्रा ३८ प्रतिशत जनसङ्ख्याले लगाइसकेका छन्।

भक्तपुरमा एक लाख ५४ हजार ८ सय ३५ जनाले पहिलो मात्रा र एक लाख ५६ हजार ८ सय ८२ जनाले पूर्ण मात्राले खोप लगाइसकेका छन् ।

यसैगरि ललितपुरमा दुई लाख ६३ हजार ८ सय ९२ जनाले पहिलो मात्रा र दुई लाख २२ हजार ३ सय ७१ जनाले पूर्ण मात्रा खोप लगाइ सकेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरस विरुद्धको पहिलो मात्रा ६० लाख ५७ हजार १सय ९४ र पूर्ण मात्रा अर्थात दोस्रो मात्रा ५४ लाख ७३ हजार १ सय ५१ जनाले लगाएका छन् ।

परिवार महाशाखका अनुसार उपत्यकाका विशेष क्षेत्रमा काम गर्ने सबैजसोलाई खोप लगाइसकेको छ । पछिल्लो पटक शिक्षक र विद्यार्थीलाई पनि खोप लगाइसकिएको छ । उपत्यकाका अग्रपङ्क्तिमा रहेर काम गर्ने सबैलाई खोप लगाइसकेका पाइन्छ ।

पहिलो खोप लगाइ सकेकालाई असोज ४ गतेबाट दोस्रो खोप लगाउन शुरू गरिदैछ। अब सर्वसाधारण ४० वर्षभन्दा माथिकालाई चीनबाट आएको ४४ लाख भेरोसेल खोपबाट खोप लगाउने कार्यक्रम रहेको छ।

नेपाल सरकारले गत २०७७ माघ १४ गतेदेखि खोप लगाउन सुरु गरेयता सात महिनामा गत भदौ १६ गते सम्म एक करोड ९२ हजार १ सय ६४ जना सर्वसाधारणले खोप लगाइ सकेका छन। ।

प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछि उहाँले सबै नेपाली नागरिकलाई खोप पुर्याउने पहिलो प्राथमिकताका रुपमा घोषणा गर्नुभएको थियो ।

नेपालमा पहिलो पटक सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा खोप लगाइएको थियो । नेपालमा पहिलो पटक २०७६ साल माघ ९ गते सङ्क्रमण देखिएको थियो ।

सुरुमा ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिक,स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सरसफाइकर्मी, कोभिड–१९ विरुद्धको रोकथाम र नियन्त्रणमा अग्रपङ्क्तिमा रहेका काम गर्ने व्यक्तिबाट सुरु गरिएको खोप अहिले ५० वर्षमाथिका प्रायः सवैलाई दिइसकेको छ।

देशभर कोभिसिल्ड पहिलो मात्रा २४ लाख ९३ हजार ३ सय ३३ र दोस्रो मात्रा १४ लाख ४५ हजार ३ सय ५१ जनाले लगाइसकेका छन् ।

यस्तै भेरोसेल पहिलो मात्रा ३५ लाख ६३ हजार ८ सय ६१ र दोस्रो मात्रा २६ लाख २७ हजार ६ सय ५५ जना तथा जोन्सन एन्ड जोन्सन १४ लाख १ सय ४५ जनाले लगाइसकेका छन् । भदौ महिनामा सबभन्दा बढी पहिलो मात्रा भदौ ३० गते दुई लाख ९९ हजार १ सय ३१ जनाले लगाएका थिए ।

सरकारले १८ वर्षभन्दा माथिका ७१.६ प्रतिशत अर्थात् कूल दुई करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाउने लक्ष्य राखेको छ ।
सरकारले आगामी असोजसम्म लक्षित वर्गको ३३ प्रतिशत र २०७८ चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउनसक्ने जनाएको छ ।

सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना र फाइजर खोप लगाइनेछ । सरकारले मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्रा ल्याउने तयारी गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार लक्षित सबै समूहलाई खोप लगाउन सरकारको योजना रहेको छ।विभिन्न चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाउने अभियान सञ्चालन भइरहेको छ।

नेपालमा अहिले कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन, एस्ट्राजेनिका खोप लगाइएको छ ।
सरकारले सर्वसाधारणलाई खोप लगाउनका लागि खरिद, अनुदान र कोभ्याक्स सुविधामार्फत ल्याइरहेको छ । अहिलेसम्म नेपालमा एक करोड ३३ लाख ५८ हजार ७ सय १० मात्रा खोप आइसकेको छ।

यस्तै आज असोज १ गते चीनबाट खरिद गरिएको कोभिड–१९ विरुद्धको खोप ४४ लाख मात्रा नेपाल आइपुगेको छ। चीनबाट खरिद गरेको ६० लाखमध्ये १६ लाख मात्रा खोप यसअघि नै आइसकेको थियो । चीनको रेडक्रसले नेपालको रेडक्रमलाई थप एक लाख मात्रा खोप दिने भएको छ। । नेपाललाई सुरुमा माघ ८ गते भारतले १० लाख मात्रा कोभिसिल्ड खोप उपलब्ध गराएको थियो ।

त्यसपछि सरकारले आफैले १० लाख मात्रा कोभिसिल्ड उत्पादक कम्पनी सिरम इन्स्टिच्युटसँग २०७८ फागनु ९ गते १० लाख मात्रा खोप खरिद गरेको थियो ।

कूल खोप लगाउने लक्षितमध्ये २० प्रतिशत कोभ्याक्स सुविधामार्फत ल्याउने सरकारले तयारी रहेको छ । कोभ्याक्सबाट निःशुल्क रुपमा एक करोड १३ लाख मात्रा खोप प्राप्त गर्ने सरकारको योजना रहेको छ ।

सरकारले असोज मसान्तभित्र एक करोड ५ लाख ४८ हजार मात्रा खोप र चैतसम्म तीन करोड २३ लाख मात्रा खोप ल्याइसक्ने जनाएको छ । नेपालमा सङ्क्रमणको दर १९।२ प्रतिशत पुगेको छ । सक्रिय सङ्क्रमित २५ हजार ७ सय ७२ जना रहेका छन् ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १० र दुई सयभन्दा बढी सङ्क्रमित हुने जिल्ला २२ पुगेका छन् । अहिलेसम्म सात लाख ४५ हजार २ सय १५ कोरोनामुक्त भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९५।३ प्रतिशत रहेको छ ।

नेपालमा अहिलेसम्म सङ्क्रमणबाट ११ हजार दुई जनाको निधन भएको छ । नेपालमा प्रतिदश लाखमा ३७०।८ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको तथ्यांक रहेको छ ।

हाल ४ सय ७ जना संघन उपचार कक्षमा,१ सय २८ जना भेन्टिलेटरमा,२४ हजार २ सय२२ जना होम आइसोलेशनमा १ हजार ५ सय ५० जना संस्थागत आइसोलेशनमा र २ सय २० जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

IME Lifesidebar
kumari