stcnepal long ad
ime life insurance
national life
global ime bank long

महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्योरेन्सको सेयर लिलामी खुला

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । महालक्ष्मी विकास बैंकले असोज १ गतेदेखि आफ्नो स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ ।

बैंकले कम्पनीको ७० हजार ६६९ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । यसमा न्यूनतम ५०१ रुपैयाँ भाउ राखेर आवेदन दिन सकिने छ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

यसमा असोज १५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् ।

लिलामीको बोलपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौंमा पुग्नेगरी पेश गर्नुपर्नेछ ।

IME Lifesidebar
kumari