stcnepal long ad
ime life insurance
national life
global ime bank long

१३ औँ नाफिज डेको अवसरमा रक्तदान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले भदौ ३१ गते बिहीबार १३ औँ स्थापना दिवस मनाएको छ । वि.सं. २०६६ भदौ ३१ गते स्थापित नाफिजले रक्तदान कार्यक्रम, आधारभूत आर्थिक पत्रकारिता तालीम घोषणा तथा सल्लाहकार समिति घोषणा गरी ‘नाफिज डे’ मनाएको हो ।

नाफिज डेको अवसर पारि नाफिजले पाँच सदस्यीय सल्लाहकार समिति घोषणा गरेको छ । समितिमा आर्थिक अभियान दैनिकका पूर्व सम्पादक एवम् फरकधार डट कमका एडभाइजर एडिटर राजेन्द्र पराजुली, जनआस्थाका सम्पादक राजेन्द्र रिमाल, क्यापिटल म्यागेजिनका सम्पादक लोक बहादुर चापागाईं, हाम्रो अर्थका सल्लाहकार सम्पादक श्रीधर खनाल र नाफिजका संस्थापक अध्यक्ष अमृत खरेल रहेका छन् ।

आर्थिक पत्रकारितामा दुई दशकको अनुभव सँगालेका अग्रज पत्रकारहरूबाट नाफिजले संस्थागतरुपमा एवम् सम्पूर्ण सदस्यहरूले व्यक्तिगतरुपमा लाभ लिने अपेक्षा संस्थाले गरेको छ ।

यसैबीच नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पतालको सहकार्यमा अस्पतालको प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरियो । सो अवसरमा नाफिज सदस्य तथा सर्वसाधारण गरी ३५ जनाले रक्तदान गरे । कोभिड महामारीको त्रास कायमै रहेका बेला रक्तदानमा उल्लेख्य सहभागिता रह्यो ।

यसैगरी संघले आर्थिक पत्रकारितासम्बन्धी आधारभूत तालीम आयोजना गर्ने घोषणा गरेको छ । तालिममा आर्थिक पत्रकारितामा कलम चलाउन सुरु गरेका, आर्थिक समाचार लेख्न इच्छुक तथा तालीम लिन इच्छुक सहभागी हुनेछन् ।

असोज ३ गतेबाट सुरु गरिने सो तालिममा आर्थिक पत्रकारिताका विभिन्न पाटाहरू, श्रोतसँगको सम्बन्ध, आर्थिक समाचारका प्रमुख श्रोतलगायत विषय समावेश गरिएको छ । तालिममा प्रशिक्षार्थीहरूलाई सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिइनेछ भने अग्रज आर्थिक पत्रकारहरूले अनुभव बाँड्नेछन् ।

आजभन्दा १२ वर्षअघि पत्रकार अमृत खरेलको अध्यक्षतामा नाफिज स्थापना भएको थियो । त्यसयता पत्रकारको क्षमता अभिवृद्धि, अवसरको खोजी, फेलोसिप तथा विविध गतिविधिमार्फत् आर्थिक पत्रकारको क्षमता विकासमा नाफिजले सघाउँदै आएको छ ।

IME Lifesidebar
kumari