citizens life insurance long ad
stcnepal long ad

चेल्सीद्वारा म्यान्चेस्टर पराजित

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नयाँ सिजन गएरातीबाट सुरु भएको छ । नयाँ सिजनको पहिलो खेलमा इंग्लीश क्लब चेल्सी विजयी हुँदा म्यान्चेस्टर युनाइटेड पराजित भएको छ ।

समूह ‘एच’ को खेलमा चेल्सीले रुसको जेनिथलाई १–० ले हरायो । चेल्सीका लागि रोमेलु लुकाकुले निर्णायक गोल गरे ।

यही समुहको अर्को खेलमा इटालीको युभेन्टसले स्विडेनको माल्मोमाथि ३–० को जित निकाल्यो । उता समूह ‘एफ’ को खेलमा इंग्लीश क्लब म्यान्चेस्टर युनाईटेडलाई स्विटजरल्याण्डको योङ ब्वाइजले २–१ ले पराजित गर्दा इटालीको एटलान्टा र स्पेनको भियारियालले २–२ गोलको बराबरी खेले।

समूह ‘इ’ मा जर्मनीको बायर्न म्युनिखले स्पनेको बार्सिलोनालाई उसैको मैदानमा ३–० ले हराउँदा युक्रेनको डाइनामो किभ र पोर्चुगलको बेनिफिकाले गोलरहित बराबरीमा चित्त बुझाउनुप¥यो ।

समूह ‘जि’ का खेलहरुमा अष्ट्रियाको साल्जवर्गले स्पेनको सेभियासँग १–१ गोलको बराबरी खेल्दा फ्रान्सको लिल र जर्मनीको उल्फवर्गले गोलरहित बराबरीमै खेल सकाए ।

IME Life
kumari