stcnepal long ad
global ime bank long

९५ प्रतिशत काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ उपत्यकाको परिचय र इतिहाससँग जोडिएको काष्ठमण्डपको पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न भएको छ ।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको मुख्य पूर्वाधार (सुपर स्ट्रक्चर) को काम सम्पन्न भई अहिले ‘फिनिसिङ’ कार्य भइरहेको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ ।

काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक राजेश शाक्यले काष्ठमण्डपको मुख्य निर्माण कार्य सम्पन्न भई अहिले छानो छाउने र ‘फिनिसिङ’ कार्य भइरहेको बताउँदै अबको बढीमा तीन महिनाभित्र सम्पूर्ण पुनर्निर्माण कार्य सम्पन्न भइसक्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘अब भुइँतलाको बार्दली लगाउन र भुइँमा तेली इँट लगाउन बाँकी छ ।’’

‘‘हामीले सातौँ शताब्दीकै शैली र प्रविधि प्रयोग गरिरहेका छौँ । माटो र त्यसबेला प्रयोग गरिएका सामग्री प्रयोग गरिरहेका छौँ ।

सातौँ शताब्दीमै प्रयोग गरिएको साइजको इँटा प्रयोग गरेका छौँ, संयोजक शाक्यले भन्नुभयो, ‘‘समितिले इँटा निर्माण कम्पनीलाई विशेष आग्रह गरी सातौँ शताब्दीकै साइजको इँटा निर्माण गर्न लगाएको छौँ ।’’ मात्र काठ, माटो र इँटाको प्रयोग गरेर काष्ठमण्डपको पुनर्निर्माण भइरहेको छ ।’’

कुल १२ करोड रुपियाँको लागतमा निर्माण हुने अनुमान गरिएकोमा अहिलेसम्म काठमाडौँ महानगरपालिकाले ११ करोड ५० लाख रुपियाँ पुनर्निर्माण समितिलाई उपलब्ध गराइसकेको उहाँले जानकारी दिनुभयो । यस वर्षको साउन मसान्तसम्म १० करोड ८० लाख रुपियाँ खर्च भइसकेको छ ।

पुनर्निर्माणका लागि महानगरपालिका र पुनर्निर्माण समितिबीच २०७५ वैशाख २९ गते सम्झौता भई कात्तिक २२ गतेदेखि काम सुरु गरिएको थियो । पुनर्निर्माण भइरहेको काष्ठमण्डपमा चार घेराका सयवटा थाम राखिएको छ ।

सङ्कल्प पूजा गरेर ठड्याइएका २५ फिट अग्ला चारवटा मूल थाम पहिलो घेरा हो । चार वटा मूल थाममध्ये एउटा ११ सय वर्ष पुरानो रहेको उहाँले बताउनुभयो ।

दोस्रो घेरामा जोडाका दरले ३२ वटा थाम ठड्याइनेछ । तेस्रो र चौथो घेरामा एकरएकवटाका दरले क्रमशः २८ र ३६ वटा थाम राखिएको संयोजक शाक्यले जानकारी दिनुभयो । तीन तलाको अबको काष्ठमण्डप भूकम्प प्रतिरोधी क्षमताको निर्माण भइरहेको उहाँले बताउनुभयो ।

काष्ठमण्डपको पुनर्निर्माण गर्न ठूलो र सानो आकारको गरी करिब दुई लाख थान माःअप्पा इँटा लागेको छ । ठूलो आकारको ९० हजार र सानो आकारको एक लाख दस हजार थान इँटा रहेको छ । काष्ठमण्डप निर्माणमा करिब १२ हजार क्युफिट सालको काठ लाग्ने अनुमान गरिएको छ ।

सबै काठ बारा, रौतहट, महोत्तरीको जङ्लबाट मगाइएको संयोजक शाक्यले जानकारी दिनुभयो । यो काष्ठमाण्डपको निर्माण सातौँ शताब्दीमा भइएको पाइएको छ ।

संयोजक शाक्यले भन्नुभयो, ‘‘एउटै रुखको काठबाट बनेको सत्तलको नामबाट नै काठमाडौँको नामकरण भएको गरिएको विश्वास गरिन्छ । यसअघि १२औँ शताब्दीमा बनेको विश्वास गरिए पनि यो वर्ष बेलायतको दुराहम विश्वविद्यालय र पुरातत्व विभागले गरेको अध्ययनले काष्ठमण्डप सातौँ शताब्दीमा निर्माण भएको प्रमाणित भइसकेको छ ।’’ आजको गोरखापत्र दैनिकबाट

IME Lifesidebar
kumari