stcnepal long ad
global ime bank long

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बैंक र एनसीएचएलद्वारा संयुक्त रुपमा रु १०० अभियान शुरु

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले बैंक खातामा आधारित डिजिटल कारोबारलाई कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणाली मार्फत प्रबद्र्धन गर्न नेपालका अग्रणी बैंकहरुसँग संयुक्त प्रबद्र्धन अभियान शुरु गरेको छ । बैंकका ग्राहकहरुले आफ्नो बैंक खातालाई कनेक्ट आईपीएसमा लिंक र भेरिफाई गरेपछि प्रबद्र्धन अवधि भित्र सम्बन्धित बैंकले उनीहरुको खातामा रु १०० जम्मा गरिदिने छ । सो रु १०० बराबरको इन्सेन्टिभ हाल लभ्मी बैंक, सिटिजन बैंक इन्टरनेशनल, नबिल बैंक र नेपाल बैंकका ग्राहकहरुका लागि उपलब्ध रहेका छन् । बैंकले आफ्ना शाखाहरुबाट युजर आइडी बनाउन र बैंक खाता लिंक गर्न ग्राहकहरुलाई सहयोग गर्नेछन् ।
ग्राहकहरुले www.connectips.com, यसको मोबाइल एप वा बैंकको आफ्नै मोबाइल बैकिंग प्रयोग गरेर सिधैं आफ्नो बैंक खाताबाट भुक्तानी कारोबार गर्न सक्छन् ।
connectIPS e-payment प्रणाली अनलाइन भुक्तानीको एकिकृत प्ल्याट र्फम हो जसमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड÷बिल भुक्तानी सुविधा उपलब्ध रहेका छन् । यो प्ल्याट र्फममा सदस्य बैंकहरुको अन्य सेवाहरुमा सरकारको राजस्व भुक्तानी, लोक सेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल÷कलेज, इन्स्युरेन्स भुक्तानी लगायतका सेवाहरु उपलब्ध रहेका छन् ।
यस बैंक खातामा आधारित डिजिटल कारोबारहरुलाई प्रबद्र्धन गर्नेे पहललाई थप प्रोत्साहन गर्न यस संयुक्त अभियानले मद्दत गर्ने विश्वास कम्पनी र बैंक वित्तिय संस्थाहरुले लिएका छन् ।

IME Lifesidebar
kumari