stcnepal long ad
global ime bank long

१ किलो ८ सय ५० ग्राम यार्सागुम्बा सहित ४ जना पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । १ किलो ८ सय ५० ग्राम यार्सागुम्बा सहित काठमाडौंको सामाखुसीबाट ४ जनालाई  प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं सामाखुसी डेरा गरी बस्ने गोरखा चुमनुब्री गाउँपालिका–३ घर भएका ४८ वर्षीय डुण्डुप गुरुङ, काठमाडौं नयाँबसपार्क बस्ने लमजुङ मर्स्याङदी गाउँपालिका–६ बाहुनडाँडा घर भएका ५० वर्षीय बेल बहादुर थापा, काठमाडौं बानिँयाटार बस्ने लमजुङ बेशीसहर नगरपालिका–११ चिति घर भएका ४० वर्षीय कृष्ण परियार र काठमाडौं तारेकेश्वर बस्ने प्युठान खलङ्गा नगरपालिका–११ गजुरी बस्ने ४७ वर्षीय दान बहादुर जिसी रहेका छन् ।

अवैध रुपमा यार्सागुम्बाको कारोबार भइरहेको भन्ने सूचानाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले बिक्री बितरण गर्ने उद्देश्यले डुण्डुपको डेरामा लुकाई राखेको अवस्थामा उक्त यार्सागुम्बा सहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाडौं पठाइएको उक्त व्यूरोले जनाएको छ ।

IME Lifesidebar
kumari