citizens life insurance long ad
stcnepal long ad

महालक्ष्मी विकास बैंक  र ई सेवा मनी ट्रान्सफर प्रा. लि. बिच समझदारी पत्रमा हस्ताक्षर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लि. ले ग्राहकहरुलाई मनी ट्रान्सफर सम्बन्धि थप सुविधा प्रदान गर्ने उद्देश्यले २०७८ श्रावण २९ गते शुक्रवार ई–सेवा मनी ट्रान्सफर प्रा. लि. सँंग सम्झौता गरेको छ ।

ई–सेवा मनी ट्रान्सफर प्रा.लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट ई–सेवा रेमिट मार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् ।

बैंकले हाल सम्म २४ वटा रेमिटान्स कम्पनीहरुसँग सम्झौता गरी ग्राहकहरुलाई रेमिटान्स सुविधा प्रदान गर्दै आईरहेको छ ।

१०३ वटा शाखाहरु मार्फत बैकिङ्ग कारोवार गर्दै आईरहेको बैंकले आगामी दिनमा बैकिङ्ग सेवालाई अत्याधुनिक प्रविधि मैत्री बनाई ग्राहकहरुलाई थप गुणस्तरीय सेवा प्रदान गर्न प्रतिवद्धता व्यक्त गरेको छ ।

IME Life
kumari