stcnepal long ad
ime life insurance
global ime bank long

आईपे रेमिट नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

 

आर्थिक सञ्जाल बिहीबार, २९ फागुन २०७६

काठमाडौं ।बैदेशिक रेमिटेन्स कारोबारहरु सिधैं लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन आईपे रेमिट प्रा.लि.,नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको NCHL-IPS / connectIPS e-Payment प्रणालीहरुमा आबद्ध भएको छ । यो व्यवस्थासँगै आईपे रेमिटका कम मुल्यका भुक्तानी कारोबारहरु connectIPS e-Payment प्रणाली मार्फत रियल टाइममा र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली NCHL-IPS मार्फत तोकिएको समय सीमामा अन्य भुक्तानी कारोबारहरु गर्न सकिन्छ ।

एनसीएचएलले आफ्ना प्रणालीहरु मार्फत बैंक खातामा आधारित विभिन्न भुक्तानी कारोबारहरुलाई सहजीकरण गरिरहेकोमा रेमिटेन्स पनि ती मध्येको एक महत्वपूर्ण कारोबार हो । यसमा हाल सम्म ६ वटा रेमिटेन्स कम्पनीहरु र ३० वटा गैर बैंक संस्थाहरु अप्रत्यक्ष / प्राविधिक सदस्यको रुपमा आबद्ध रहेका छन् ।

६ वर्ष अगाडि स्थापना भएको आईपे रेमिट नेपालको अग्रणी रेमिटेन्स कम्पनीहरु मध्येको एक हो । यसले १० लाखभन्दा बढि आप्रवासी कामदारहरुको कडा परिश्रमको कमाईलाई नेपालमा रहेका आफ्ना परिवारहरुलाई छिटो, सुरक्षित र भरपर्दो तरिकाले पठाउन विभिन्न प्रविधि र सहकार्यको माध्यबाट सहयोग गर्दै आएको छ ।

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेडद्वारा प्रवद्र्धित एनसीएचएलले राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्दै आएको छ । हाल सबै जसो बैंक तथा वित्तिय संस्थाहरुको सहभागीतामा यसका NCHL-ECC, NCHL-IPS, connectIPS e-Payment / connectRTGS प्रणाली सञ्चालनमा रहेका छन् ।

prabhu mahalaxmi
kumari