citizens life insurance long ad
stcnepal long ad

एन्फामा नेम्वाङ र अलमुताइरी विदादले लियो उग्ररूप

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा ) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवादले नयाँ मोड लिएको छ । विवाद एन्फाले टुंग्याउन नसकेपछि यो विवाद युवा तथा खेलकुद मन्त्रालय पुगेको थियो ।

मन्त्रालयले अर्को सूचना नदिइएसम्म प्रशिक्षणमा सहभागी नहुन प्रशिक्षक अलमुताइरीलाई निर्देशन दिएको थियो । तर, अलमुताइरी भने प्रशिक्षणमा सहभागी भैरहेका छन् । उनले आफ्ना माग पूरा नगरे नेपाल छाड्ने धम्की पनि दिएका छन् । यसपछि विवाद झनै बढ्ने देखिएको छ ।

गत साउन १५ शुक्रबारको बैठकमा मुख्य प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबीचको विवादको छानबिन नसकिएसम्म अलमुताइरीलाई प्रशिक्षणमा सहभागी नगराउने सहमति भएको थियो ।

तर, शनिबार नै प्रशिक्षणका क्रममा दुई टीमबीच भएको खेलमा अलमुताइरी सहभागी भएका थिए । वरिष्ठ उपाध्यक्ष नेम्वाङले प्रशिक्षक अलमुताइरीलाई प्रशिक्षणमा सहभागी नहुन एन्फाले पत्र नै पठाएको बताएका छन् ।

विवादित मुद्दा किनारा नलगाउँदासम्म उनलाई प्रशिक्षणमा सहभागी नहुन एन्फाले पत्र पठाएको छ । यसरी विवाद सतहमा रहँदै गर्दा उनी भने मैदान उत्रिएका छन् ।

एन्फा प्रवक्ता किरण राईले पनि आफूले प्रशिक्षक अलमुताइरीलाई पत्र पठाएको पुष्टि गरेका छन् । उनी प्रशिक्षणमा मैदान उत्रिएको देखेपछि राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायलाई पत्र काटेका थियो ।

अर्को सूचना जारी नभएसम्म प्रशिक्षण नगराउनु भनेर पत्र पठाएका छ । सहमति विपरीत अलमुताइरी प्रशिक्षणमा सहभागी भएकोमा एन्फा प्रवक्ता राई पनि असन्तुष्ट छन् ।

यसैबीच, एन्फाले राष्ट्रिय टोलीका खेलाडीलाई १० दिन विश्राम दिएको छ । पूर्वनिर्धारित तालिका अनुसार नै खेलाडीलाई विश्राम दिएको एन्फाले जनाएको छ ।

साफ च्याम्पियनसिप सरेकाले अघिल्लो साता नै एन्फाले लामो समयदेखि घरबाहिर रहेका कारण खेलाडीलाई विश्राम दिने योजना बनाएको थियो ।

प्रशिक्षक अलमुताइरीले एन्फामा निवेदनसँगै घटनासँग सम्बन्धित प्रमाणहरु बुझाएको बताएका छन् । एन्फाकै आग्रह अनुसार आफूले राजीनामा पनि स्थगित गरेको उनले बताएका छन् ।

तर, १० अगस्ट २०२१ सम्म आफ्नो माग पूरा नभए राजीनामाको प्रक्रिया पूरा गरेर नेपाल छाड्ने उनले बताएका छन् । फिफा र एएफसीको छानबिन समितिमा आफूले दर्ता गराएको निवेदन र उपलब्ध गराएको सबुत प्रस्तुत गर्नुपर्ने उनको माग छ ।

यस्तै, उक्त घटनाबारे सरकारी निकायबाट छानबिन हुनुपर्ने र उक्त रिपोर्ट सार्वजनिक गरिनुपर्ने उनको भनाइ रहेको छ ।

वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षकबीचको विवाद मन्त्रालयमा पुग्दा यसको प्रभाव खेलाडीहरुलाई पर्ने भएको छ । एन्फाबाट पठाएको पत्र शनिबार मात्र पुगेको छ ।

एन्फाका प्रवक्ता राईले पनि छानबिन समिति बनाउन पत्र पठाएको पुष्टि गरेका छन् । एन्फाले गत शुक्रबार छानबिन गर्न पत्र पठाउने निर्णय गरेका छ । आजको आजै त मन्त्रालय पनि छानबिन गर्न समिति बनाउन सक्ने स्थितिमा छैन र हुँदा पनि हुँदैन केही दिन समय लाग्ने देखिएको छ।

साफ च्याम्पियनसिप अक्टोबरको पहिलो साता आयोजना हुने तय भएको छ । एन्फा कार्यसमितिको गत शुक्रबार बसेको आकस्मिक बैठकले प्रतियोगिता नेपालमा गर्ने निर्णय गरेको छ । बंगलादेशले कोरोना माहामारीका कारण प्रतियोगिता आयोजना नगर्ने भएपछि नेपाल सहित श्रीलंका, माल्दिभ्स र भारतले दाबेदारी प्रस्तुत गरेका छन् ।

माल्दिभ्सले श्रीलंकासँग मिलेर संयुक्त रुपमा आयोजनाको दाबी प्रस्तुत गरेको छ । भारत र नेपालले एकल रुपमा प्रतियोगिता आयोजना गर्न चाहेका छन् । एन्फा बैठकले अक्टोबर पहिलो साता हुने प्रतियोगिता नेपालमा आयोजना गर्न आवश्यक पर्ने १० करोड रुपैयाँ बराबरको विस्तृत प्रस्तावसहित साफमा अनुरोध गर्ने निर्णय गरेको छ ।

यस्तै, साफ च्याम्पियनसिप नेपालमा आयोजना गर्न सरकारले पनि ५ करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । साफको तयारीका लागि नेपालले बंगलादेश, भारत र सिंगापुरको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्न एन्फाले पत्राचार गर्ने निर्णय पनि गरेको छ ।

राष्ट्रिय टिमलाई आवश्यकता अनुसार मैत्रीपूर्ण खेल खेलाउने एन्फाको निर्णय छ । तर, प्रशिक्षक नै विवादमा फसेपछि अब नेपालको तयारी कमजोर हुने चिन्ता छाएको छ ।

IME Life
kumari