citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

कांग्रेसमा वंशवादको राजनीति हावी

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसमा वंशवाद विरासतको राजनीतिलाई निक्कै महत्व दिइदैछ । पारिवारिक विरासतलाई देखाउँदै केही नेताहरु राजनीतिमा स्थापित हुने रणनीतिमा छन् ।

साथै विरासत एकातिर हुँदाहुँदै पनि केही नेताहरु भने आफ्नै कर्मले पनि स्थापित र हस्तक्षेपकारी बनेर निस्किएका छन् । केहीले अझै पनि विरासतलाई नै माथि पुग्ने भर्याङ बनाउदै छन् । पछिल्लो समय कांग्रेसका तीन प्रभावशाली नेताहरु विमलेन्द्र निधि,प्रकाशमान सिंह र डा. शशांक कोइराला फरक राजनीतिक घरानाबाट एकै ठाउँमा उभिने प्रयास गरिरहेका छन् ।

पारिवारिक विरासत यी तिनै जना नेताको छ । विमलेन्द्र निधि महेन्द्रनारायण निधिका छोरा हुन् । जो राजनीतिमा विरासतलाई बोकेर हिड्नु पर्ने अवस्थामा छैनन् । नेविसंघ नेतृत्व देखिनै निरन्तर सक्रिय र प्रभावशाली छन् ।

गणेशमान सिंह पुत्र प्रकाशमान सिंह पनि विरासतमात्रैका नेता होइनन् । नेविसंघको नेतादेखि निरन्तरता र सक्रियता यिनको पनि उत्तिकै छ । यी दुईको तुलनामा बिपीपुत्र डा.शशांक कोइरालाको राजनीतिमा प्रवेश धेरै ढिला भयो ।

अलि बढी विरासतको नेताको आरोप डा. शशांकलाई लाग्दै आएको छ । उनले लामो समय डाक्टरी पेशा गरे पनि पार्टी र संसदका दुई चुनावबाट यी जनताबाट अनुमोदित नेता भएका छन् । तर, यी राजनीतिक घरानाका नेताहरुले फरकफरक गुटबाट एक ठाउँमा उभिने प्रयत्न गर्दैगर्दा यसपटक कांग्रेसमा भने संस्थापन र इतर राजनीतिमा उथलपुथल हुनेछ ।

उपसभापति निधि सभापति शेरबहादुर देउवाका अति नै विश्वासपात्र नेता थिए । यसैले उनी देउवाद्वारा मनोनित उपसभापति हुन् । तर, १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरेर अघि बढेका छन् ।

आफूसँगै प्रकाशमान सिंह र डा. शशांक कोइरालालाई पनि सँगै उभ्याउने प्रयत्न गरेका छन् । यी नेताहरुले आलोपालो सबैका नेताका घरमा पटकपटक भेटवार्ता गरिसकेका छन् । केही समय वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाए पनि नेता प्रकाशमान सिंहको घरमा हुने भेट रोकिएको थियो ।

तर, यी दुई नेतासँगको भेट गर्नबाट सिंह रोकिएनन् । उनले शनिबार डा।शशांक र निधिलाई आफ्नो निवासमा बोलाएर भेट गरे । उनीहरुको छलफल महाधिवेशन, सरकारको कामकारवाहीमा केन्द्रित थियो ।

नेपाली कांग्रेसका प्रभावशाली तीन नेताबीचको छलफलमा संबैधानिक बाध्यतालाई ख्याल गरेर महाधिवेशन समयमै सम्पन्न गर्ने,कांग्रेस नेतृत्वमा बनेको सरकारले प्रधानमन्त्रीले भन्नू भएजस्तै सबै नागरिकलाई खोप दिलाउन सरकारले ध्यान दिनुपर्ने,भावी महाधिवेशनमा मिलेर जाने जस्ता बिषयमा छलफल केन्द्रित हुने गरेको छ।

यी तीन नेताहरुले महाधिवेशनमा तीन मध्ये एक सभापतिमा र अन्य दुई उपसभापतिमा मिलेर लड्ने यस अघिका भेटवार्तामा छलफल गर्दै आएको बताइसकेका छन् । तर, तीनमध्ये सभापतिमा को अघि सर्ने भन्नेमा अहिलेसम्म कुनै टुंगो लगाइसकेका छैनन् ।

निधिलाई सभापतिमा छोड्ने हो भने सिंह र डा.शशांक उपसभापतिमा उठने सहमति हुन सक्छ। संस्थापन इतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला, डा. रामशरण महतसम्म सभापतिका दाबेदारमा देखिन्छन् ।

डा.शशांक र सिंहले श्रृखलावद्ध महाधिवेशन केन्द्रित छलफल गरेपछि पौडेल र डा।शेखरसहितका नेताहरु असन्तुष्ट छन् । तर, तीन नेताहरु निरन्तर छलफलबाट रोकिएका छैनन् । अहिले दाबी गरे जस्तो मिलेर कुनै एक नेता अघि बढ्न सक्ने अवस्थामा छैनन् ।

आलोपालो भेटेर दाबी गरे पनि आफ्ना गुटमा दबाब बढाउन पनि भेटेका मात्र हुन । अन्तिम अवस्थामा यी तीन जना मिलेर मात्रै केही हुँदैन ।

अरुको साथ जरुरी हुन्छ । रामचन्द्र पौडेल, डा. शेखर कोइराला, डा. रामशरण महत, अर्जुननरसिंह केसीसहितका नेताहरुको सहमतिमा अघि नबढ्दा डा।शशांक, सिंह र निधिले मिलेर मात्रै कांग्रेसमा सभापति जित्न सक्ने अवस्था छैन ।

किनकी १३ औं महाधिवेशनमा पूर्व संस्थापनका नेता कृष्णप्रसाद सिटौलामात्रै बिच्किँदा पनि रामचन्द्र पौडेलले शेरबहादुर देउवासँग पराजय बेहोर्नु परेको थियो ।

यस पटक प्रभावशाली नेताहरुलाई पाखा लगाएर हामी मिल्दा जित्छौं भन्ने अवस्थामा डा. शशांक, सिंह र निधि भित्री रुपमा विश्वस्त छैनन् । कांग्रेसको राजनीति देखिए जस्तो सरल पनि छैन् ।

पटक–पटक उनीहरुले छलफल गरे भन्दैमा अरुलाई वास्ता नै नगरी अगाडि बढ्न सक्ने अवस्था छैन। धेरैले दाबी गर्दा हामी पनि छौं भन्ने देखाउन यो भेटघाटलाई तिव्रता दिएका हुन।

विमलेन्द्र निधिले सभापतिमा उठ्छु भन्नु बाहेक सभापति शेर बहादुर देउवाको शक्ति कांग्रेसमा घटेको छैन । बरु आफू अनुकूल क्रियाशील सदस्यता वितरण,सरकार र पार्टी चलाउँदाको फाइदा देउवालाई भएको छ । अहिले नसोचेको सत्ता हातमा आएपछि देउवालाई महाधिवेशन लक्षित मन्त्रिपरिषद् गठनको अर्को अवसर छ ।

महाधिवेशनको मुखमा नेताहरुलाई मन्त्री बनाएर आफ्नो समूहमा पार्न देउवालाई अनुकूल समय आएको छ । यस्तोमा पूर्व संस्थापनबाट जति दाबेदारी गरे पनि देउवालाई जित्न सबै एक ठाउँमा उभिनुपर्ने हुन्छ । पूर्व संस्थापन एक ठाउँमा उभिनुपर्दाको अवस्थामा त्यहाँ निधिको लागि ठाउँ हुने छैन ।

किनकी अहिले उपसभापति भएका निधि गुट फेरेर जानु पर्दा सभापतिका लागि मात्रै जाने हुन् । तर, अर्को पक्षले उनलाई सभापतिको स्वागत गर्ने परिस्थिति बनिसकेको छैन् । किनकी अबको तीनवटा महाधिवेशनमा सभापतिका मुख्य दाबेदार पूर्व संस्थापनमा छन् ।

सभापति भन्दा तलको पद उपसभापति निधिले देउवातिरैबाट निर्विकल्प पाएका छन् । देउवालाई छोडेर पूर्व संस्थापनमा मिसिए अहिले मात्रै होइन १५ औं महाधिवेशनमा पनि सभापतिमा उठ्ने पालो निधिले नपाउन सक्ने कांग्रेस राजनीतिको सामान्य हिसाब हो ।

यसैले जति घुर्क्याए पनि निधि अन्ततः देउवासँग हुने आकलन स्वयं देउवाले पनि गरेका छन् । किनकी यो पटक देउवा सभापति हुन सके अर्को पटक सभापतिका स्वतः दाबेदार निधि हुन् । सभापतिमा उठे पनि सिटौलाले जस्तै अन्तिममा निधि देउवातिरै हुनेछन् ।

यो निधिको रणनीति हो । अर्को पटक सभापतिको लागि आफ्नो दाबेदारी बलियो बनाउन देउवालाई छोड्छु भन्ने उनको सन्देश हो।

himalayan life insurance
igi long