stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

साउण्डलाइन्स म्यानपावरमा बैदेशिक रोजगार विभागको छापा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बुधबार, २८ फागुन २०७६

काठमाडौँ । वैदेशिक रोजगारमा पठाउने भन्दै चर्को रकम अशुली गर्ने ललितपुरको महालक्ष्मीस्थान चोकमा रहेको साउण्डलाइन्स रिक्रुटमेण्ट म्यानपावरमा बैदेशिक रोजगार बिभागले मंगलबार छापा मारेको छ । बहराइनमा कुक पदमा ४५ हजार तलब पाउने बिज्ञापन देखेपछि बैतडीका केशवदत्त जोशीले साउण्डलाइन्स रिक्रुटमेण्ट प्रा.लि मा आवेदन दिएका थिए । विज्ञापनमा हवाई टिकट र लागत सबै रोजगारदाता कम्पनीले बेहोर्ने कुरा उल्लेख गरिएको भए पनि म्यानपावरका कर्मचारीले ७५ हजार मागेपछि पिडित जोशीले म्यानपावर विरुद्ध वैदेशिक रोजगार बिभागमा उजुरी दिएका थिए ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहाललाई सिधा सम्पर्क गरेर जोशीले आफूलाई म्यानपावरले चर्को लागत रकम माग गरेको भन्दै गुनासो गरेका थिए ।

विभागका अधिकृत तीर्थराज कट्टेलको साथमा म्यानपावर पुगेर छापा हानेको महानिर्देशक दाहालले बताए । जोशीले म्यानपावरमा पुगेर कर्मचारी विकेश प्रजापतिलाई ३० हजार रुपैयाँ बुझाएका थिए ।

लगत्तै वैदेशिक रोजगार विभागको टोलीले नगदसहित म्यानपावरका कर्मचारी प्रजापतिलाई पैसा सहित समात्न सफल भएको जनाइएको छ । विभागले म्यानपावर संचालकलाई आज विभागमा आउन पत्र काटेको छ ।

prabhu mahalaxmi
kumari