citizens life insurance long ad
stcnepal long ad

इश्वर पोखरेल नेपाल इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत

पोखरेल २०७७ भदौमा खुला प्रतिस्पर्धाबाट नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहको कार्यकाल यहि साउन ९ गते सकिएसँगै पोखरेललाई कामुको जिम्मेवारी दिइएको हो ।

पोखरेल २०७७ भदौमा खुला प्रतिस्पर्धाबाट नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । युनाइटेड फाइनान्सको नायव प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएर उनि नेपाल इन्स्योरेन्समा आवद्ध भएका हुन् । पोखरेलले नेपाल एसबिआई, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायतका ठूला बैंकहरूमा पनि काम गरिसकेका छन् । कम्पनीले तत्काल प्रमुख कार्यकारी अधिकृत नल्याउने भएकाले पोखरेललाई कामुको जिम्मेवारी दिएको हो ।

IME Life
kumari