citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

कांग्रेसको वडा अधिवेशन अनिश्चित

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ । अब वडा अधिवेशन कहिले गर्ने अनिश्चित भएको छ। यसअघि देशभर वडा अधिवेशन साउन १२ गतेका लागि तोकिए पनि शनिबार बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले वडा अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ ।

बैठकले अधिवेशनको मिति दस दिन पछि सार्ने हल्ला चल्दै आएकोमा हिजोको बैठकले स्थगित गर्न पुगेको छ। साउन १२ को वडा अधिवेशन स्थगन गर्ने सल्लाह पदाधिकारी बैठकमा भएको छ। अब कहिले गर्ने भन्नेमा पछि निर्णय हुने भएको छ ।

कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले महाधिवेशन कार्यतालिका प्रभावित भएपनि भदौ १६ देखि सुरु हुने केन्द्रीय महाधिवेशनका बारेमा कुनै निर्णय नभएको बताए । ‘वडा अधिवेशन स्थगन हुनुको अर्थ केन्द्रीय महाधिवेशन पनि सर्छ भन्ने होइन,अहिले केन्द्रीय महाधिवेशनको मिति यथावत नै छ ।’

वडा अधिवेशन स्थगन भएसँगै कांग्रेसको महाधिवेशन कार्यतालिका पनि प्रभावित हुने भएको छ । कांग्रेसले साउन १२ मा वडा अधिवेशन, साउन १६ मा स्थानीय तह गाउँर नगर समितिको अधिवेशन, साउन २० मा प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन गर्न गरी कार्यतालिका सार्वजनिक गरेको थियो ।

त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६, प्रदेश अधिवेशन भदौ १ र २ मा र केन्द्रीय महाधिवेशन भदौ १६–१९ भदौमा हुने कार्यतालिका थियो ।

क्रियाशील सदस्यताको काम कार्यतालिका अनुसार नहुँदा महाधिवेशन प्रभावित भएको छ । साउन ९ गते शनिबार सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले अहिलेसम्म समितिले गरेका कामको बारेमा जानकारी गराएका थिए ।

आज आइतबार सदस्यता छानवीन समितिले प्रतिवेदन दिने रिपोर्टिङ गरेको थियो तर छानवीन समितिले कहिले केन्द्रीय सभापतिलाई छानबिन प्रतिवेदन दिने अन्यौलता छ।

क्रियाशिल सदस्यताको टुंगो नलागि महाधिवेशनको काम अधि बढन सक्दैन। कांग्रेसको निर्वाचन समितिले क्रियाशिल सदस्यता नामावली प्राप्त भएको ५३ दिनमा वडा अधिवेशन गर्न सकिने जनाएपछि कांग्रेस महाधिवेशन २०७८ मंसिरमा हुन सक्ने अनुमान गरिदै आएको छ।

समितिले साउन १२ मा सदस्यताको अन्तिम सूची सभापति देउवालाई बुझाउने भएको छ । सभापति देउवाले हस्ताक्षर गरेपछि क्रियाशील सदस्यताको सूची केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गर्नेछन् । त्यसपछि निर्वाचन समितिले देशभरका सबै वडामा निर्वाचन अधिकृत खटाउनेछ ।
कांग्रेस महाधिवेशनमा क्रियाशील सदस्य प्रारम्भिक मतदाता हुन् । क्रियाशील सदस्यले नै वडा समिति चयन गर्नुका साथै क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्छन् । क्षेत्रीय प्रतिनिधिले जिल्ला नेतृत्वका साथै केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्ने कांग्रेसको विधानको व्यवस्था छ । कांग्रेसमा १४ औं महाधिवेशनमा आठ लाख ५० हजार बढी क्रियाशील सदस्य रहेका छन् ।

बैठकमा सभापति शेर बहादुर देउवाले पार्टी कार्यालय सानेपामा जारी धर्ना र अनसनको सम्बोधन गर्न निर्देशन दिएका छन् । उनले शनिबार साँझसम्म धर्नामा बसेका नेता कार्यकर्ताको विषयगत माग सम्बोधन गर्न निर्देशन दिएका थिए ।

देउवाले सहमहामन्त्री डा. प्रकाशशरण महत र पूर्वसहमहामन्त्री डा. रामशरण महतलाई धर्नामा बसेकाहरुसँग वार्ता गर्ने जिम्मेवारी दिएका छन् । यी दुई नेताहरूले धर्नामा बस्नेहरूको माग सुनुवाइ गरि बारा र सर्लाहीको क्रियासिल सदस्यता विवाद मिलाउने भएका छन्।

himalayan life insurance
igi long