stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

युरोकप : इंग्ल्याण्ड र डेनमार्क सेमिफाइनलमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । इंग्ल्याण्ड र डेनमार्क युरोकप फुटबलको सेमिफाईनलमा प्रवेश गरेका छन् । गएराति भएको क्वाटरफाईनल खेलमा इंग्ल्याण्ड युक्रेनलाई ४–० ले हराउँदै सेमिफाईनलमा पुगेको हो ।

इटालीको रोममा भएको खेलमा इंग्ल्याण्डलाई विजयी गराउन ह्यारी केनले दुई गोल गर्दा ह्यारी म्याग्वेर र जोर्डन हेन्डर्सनले एक एक गोल गरे । जितसँगै इंग्ल्याण्डले डेनमार्क विरुद्धको सेमिफाईनल भिडन्त तय गरेको छ ।

गएराति नैं भएको अर्को क्वाटरफाईनल खेलमा चेक रिपब्लीकलाई २–१ ले हराउँदै डेनमार्क पनि सेमिफाईनलमा पुगेको हो । अजरबैजानको बाकुमा सम्पन्न खेलमा डेनमार्कका लागि थोमस डेलानी र कास्पर डोल्वर्गले एक एक गोल गरे ।

चेक रिपब्लीकका प्याट्रिक शिकले एक गोल फर्काए । युरोकप फुटबलको सेमिफाईनल खेलहरु मंगलबारबाट हुनेछन् । मंगलवार राती इटाली र स्पेन भिड्दा बुधवार इंग्ल्याण्डले डेनमार्कसँग खेल्नेछ ।

prabhu mahalaxmi
kumari