stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

माधव नेपाललाई एमालेमा फर्काउन अन्तिम प्रयास गरिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा (एमाले)ले माधव नेपाल समूहलाई पार्टीमै फर्काउन अन्तिम प्रयास गर्ने भएको छ । त्यसको लागि दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकबाट पार्टीका सबै संरचनाहरू २०७५ जेठ २ मा फर्किएको औपचारिक निर्णय गरिने भएको एमाले उच्च स्रोतले बताएको छ ।

माधव नेपाल एमालेमा नफर्किए पनि अरु नेता कार्यकर्तालाई रोक्नका लागि नेपाल पक्षले माग गरे बमोजिम जेठ २ मा फर्किने निर्णय सहित औपचारिक आवह्वान गर्ने तयारी अध्यक्ष केपी शर्मा अ‍ोलीले गरेका छन् ।

सोही प्रयोजनका लागि आज आइतबार विहान बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले असार १६ गते आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।

सोही बैठकबाट एकताको लागि अन्तिम प्रयत्न गरिने स्थायी कमिटी सदस्य विष्णु रिमालले नेपालले बताएका छन् ।

माधव नेपाल एमाले फुटाउन तल्लिन छन्। उनले प्रधानमन्त्री र पार्टी अध्यक्ष पाए पनि पार्टीमा मिल्न आउदैनन्। तर, पनि पार्टीले उहाँहरूलाई एमालेमै रहनका लागि हदैसम्म लचिलो भएर सम्बोधन गर्न अनितिम कसरत भैरहेको छ। जेठ २ मा जाने भनेर अध्यक्षले आवह्वान गरिसक्नु भएकै छ, महाधिवेशन आयोजक कमिटीको बैठकले थप निर्णय गर्छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा सर्वोच्च अदालतका पछिल्ला आदेश तथा फैसला र माधव नेपालको क्रियाकलापबारे छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् ।

उनले थप निर्णय गर्न फराकिलो र उच्च तहबाट छलफल गर्नुपर्ने भएकाले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको जानकारी दिएका छन् ।

जेठ २ मा फर्किँदा पनि नमिल्ने– एमाले
आइतबारको बैठकमा माधव नेपाल एमालेमा नफर्किने निष्कर्ष निकालिएको छ । माधव पक्षीय नेताहरूसँगका वार्तामा सहभागी नेताहरुले बैठकमा ब्रिफिङ गर्दै अध्यक्ष वा प्रधानमन्त्री दिए पनि नेपाल एमालेमा नफर्किने निष्कर्ष सुनाएको एक नेताले बताए ।

नेपाल आफैंले शनिबार राजनीतिक विटका पत्रकारहरूसँग आफूलाई प्रधानमन्त्रीको अफर आइसकेको खुलासा गर्दै तर विपक्षी गठबन्धन छाडेर ओलीसँग मिल्न नजाने प्रष्ट पारेका थिए ।

नेपाललाई यसबीचमा दोस्रो अध्यक्षको अफर समेत गरिएको तर उनले एकल अध्यक्ष दिए पनि अब एमालेमा नबस्ने जवाफ दिएको ती नेताले बताएका छन् ।

माधव नेपाल लगायत उनीसँग रहेको एउटा टिम कुनै हालतमा एमालेमा फर्किदैन भन्ने निष्कर्ष स्थायी समितिको रहेको छ ।

तर, जेठ २ मा फर्काएर सबै संरचना क्रियाशील गराउने औपचारिक निर्णय गर्दा धेरै मान्छेको जिम्मेवारी फर्किने भएकाले उनीहरू रोकिन सक्छन् भनेर अन्तिम आवह्वान गर्न लागिएको छ ।

बैठकमा केही नेताले एकताका लागि र माधव नेपाललाई एमालेमा राख्नका लागि अधिकतम लचिलो बन्न अध्यक्ष ओलीलाई सुझाव दिएका थिए । ओलीले सबै प्रयास गर्दा पनि माधव नेपाल विपक्षी गठबन्धनबाट फर्किने ठाउँमा नरहेको बताएका थिए ।

बैठकपछि एमाले प्रवक्ता ज्ञवालीले एमाले विभाजन गर्ने, आफ्नै पार्टीको सरकार विस्थापित गर्न प्रतिपक्षलाई काँधमा बाकेर आफ्नो पार्टी सिध्याउने कर्ममा माधव नेपाल लागिरहे पनि पार्टी एकताको आश अझै आफूहरूले नमारेको बताएका थिए ।

प्रतिपक्षलाई श्रेष्ठ बनाउने र एमाले विभाजन गर्ने सिमित नेताको चाहना रहेको देखिन्छ तर देभरका कार्यकर्ता र जनताको त्यो चाहना होइन । त्यसैले ओली पक्षले अन्तिमसम्म एकताको पहल गर्ने भएको छ । अनुशासन उल्लंघनको हद पार गर्दा पनि ओली पक्षले सहेको छ,यो भनेको एकता नटुटोस् भनेरै हो ।

prabhu mahalaxmi
kumari