कांग्रेसको क्रियाशिल सदस्यता वितरण सम्पन्न
काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको हिजो असार १२ गते बसेको बैठकले पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्र अनुसारको प्रक्रिया पुरयाई विवाद रहित तरिकाले क्रियाशील सदस्यता सम्बन्धी कार्यसम्पन्न गरी जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलव्ध गराईएको सफ्ट्वेयरमा नामावली विवरण इन्ट्री गरी क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका भोजपुर, धनुषा –१, काभ्रे –१, रुकुम पश्चिम, प्युठान र सप्तरी क्षेत्र नं. १, २, ३ र ४ (६ जिल्लाका) ९ निर्वाचन क्षेत्रको नयाँ र नविकरण तर्फको नामावली सम्बन्धित सरोकारवालाको जानकारीका लागि, नेपाली कांग्रेसको वेभसाईड www.nepalicongress.orgमा सार्वजनिक गरेको छ ।
हिजो असार १२ गते सार्वजनिक गरिएका उल्लेखित क्षेत्र र जिल्लाका नामावली उपर, कुनै उजुरी, गुनासा वा सुझाव भएमा यस समितिको नाममा रहेको पार्टीको आधिकारिक इमेल ठेगाना ncparty2003@gmail.com मार्फत सम्बन्धित पार्टी निकाय र व्यक्तिले २०७८ आषाढ १७ गतेभित्र सप्रमाण लिखित उजुरी, गुनासो पठाउन सक्ने सुचना जारी गरेको छ । असार १७ पछि प्राप्त भएका उजुरी उपर कुनै सुनुवाई नहुने कांग्रेसले जनाएको छ ।
सार्वजनिक गरिएका प्रस्तावित नामावलीमा कुनै त्रुटी भएको भए वा छुट भएको भए नयाँ सदस्यतातर्फ प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले र नविकरणतर्फ जिल्ला कार्यसमितिले स्पष्ट आधार र प्रमाण सहित त्रुटी सच्याई दिनका लागि वा छुट नाम समावेश गरिदिनका लागि असार १७ गतेभित्र नै लेखि पठाउनु पर्ने पनि समितिले जानकारी दिएको छ ।
केन्द्रबाट क्रियाशील सदस्यताको प्रस्तावित नामावली सार्वजनिक गरिएका सबै जिल्ला र क्षेत्रले आफु अन्तर्गतका वडा, पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्ला कार्यसमितिको निर्णय प्रतिलिपी, क्रियाशील सदस्यताको कम्प्युटर इन्ट्री गरेको प्रस्तावित नामावलीको प्रमाणित (नयाँतर्फको प्रतिनिधि सभा क्षेत्रले र नविकरणतर्फको जिल्लाले ) सूची, सदस्यता शुल्क, सहयोग रकम (लेवी ) जम्मा गरेको भौचर /आवश्यक कागजात विवरण क्षेत्रीय कार्यसमितिले जिल्ला मार्फत केन्द्रमा र जिल्ला कार्यसमितिले आफ्नो जिल्ला भरिको क्रियाशील सदस्यता सम्बन्धी केन्द्रबाट पठाइएको परिपत्र बमोजिमको सम्पूर्ण प्रक्रिया पुरयाई उल्लेखित सम्पूर्ण कागजात विवरण असार १७ गतेभित्र अनिवार्य केन्द्रमा भौतिक उपस्थितिमा वुझाउन सम्भव भए सोही अनुसार सक्कल कागजात तत्काल केन्द्रीय कार्यालयमा र सम्भव नभए पार्टीको इमेल ठेगाना info@nepalicongress.org मा अनिवार्य पठाउनु हुन समेत अनुरोध गरेको छ ।

























