stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेप्सेमा आज २७ दशमलव ३८ अङ्कले बढे, दुई कम्पनीको शेयर मूल्य झन्डै १० प्रतिशतले बढ्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बुधवार र बिहीवार घटेको शेयर बजार आज आइतवार भने २७ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से आज २७ दशमलव ३८ अङ्कले बढेर दुई हजार आठ सय ७० दशमलव ३८ अङ्कमा पुगेको छ ।

आज हाइड्रोपावर समूहको शेयर ७६ दशमलव १ अङ्कले, व्यापारको ४७ दशमलव २ अङ्कले, बैंकिङ समूहको ३८ दशमलव २६ अङ्कले बढेको छ । विकास बैंक समूहको शेयर भने झन्डै ६० अङ्कले घटेको छ ।

आज दुई सय २७ कम्पनीका दुई करोड नौ लाख ७४ हजार तीन सय ७७ कित्ता शेयर सात अर्ब १६ करोड ७४ लाख रुपैयाँमा कारोबार भएको छ ।

आज नेपाल हाइड्रो पावर कम्पनीको सबैभन्दा धेरै ४० करोड रुपैयाँ बाराबरको शेयर कारोबार भएको छ ।

आज सेन्चुरी कमर्सियल बैंक र माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्य झन्डै १० प्रतिशतले बढेको छ । आज गुर्खाज फाइनान्स कम्पनीको शेयर मूल्य झन्डै साढे चार प्रतिशतले घटेको छ ।

prabhu mahalaxmi
kumari