stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि एक साता लम्ब्याइने तयारी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि एक साता लम्ब्याइने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी भइरहेको स्रोत बताउँछ ।

स्वास्थ्य मन्त्रालय र कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग समन्वय गरेर निषेधाज्ञा थप गर्नेबारे आज जिर्णय हुने बताइएको छ । उपत्यकामा गत बैशाख १६ गतेदेखि लगाईएको निषेधाज्ञा भोलि रातीदेखि सकिँदै छ ।

अहिले समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिइएको छ । निजी सवारी साधन तथा ट्यासीमा जोर–बिजोर प्रणाली लागु गरिएको छ । सार्वजनिक सवारी–साधन, विद्यालय, मठ–मन्दिर, पार्टी प्यालेस लगायतमा प्रतिबन्ध कायमै छ ।

विज्ञहरुले कोरोना संक्रमणको त्रास कायमै रहेकोले सार्वजनिक यातायात खुलाउन हतार नगर्न सुझाव दिएका छन् । उपत्यकामा बजार मात्रै खोल्दा पनि संक्रमणको अवस्था जटिल बन्नसक्ने उनीहरुको चेतावनी छ ।

prabhu mahalaxmi
kumari