दुई कम्पनीको सेयर आउँदै
काठमाडौँ । धितोपत्र बजारमा थप दुई कम्पनीले सेयर निष्कासन गर्ने भएका छन । नेपाल धितोपत्र बोर्डले मनकामना ‚मार्ट लघुवित्त वित्तीय संस्था र तेह्रथुम पावर कम्पनीलाई सेयर निष्कासनको इजाजत दिएको छ ।
यसअघि सेयर निष्कासनको अनुमति पाएको जीवन विकास लघुवित्तले कम्पनीले भने शुक्रबारदेखि नै सर्वसाधारणका लागि सेयर निष्कासन गरि सकेको छ।
मनकामना ‚मार्ट लघुवित्तले अंकित मूल्य एक सय रुपियाँका १२ लाख ११ हजार ५०० कित्ता सेयर निष्कासन गर्न लागेको हो । त्यसमध्ये तीन लाख ८९ हजा र कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन।
कम्पनीको बिक्री प्रबन्धका एनएमबी क्यापिटल रहेको छ। त्यस्तै तेह्रथुम पावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि अंकित मूल्य एक सय रुपियाँका ४० लाख कित्ता सेयर निष्कासन गर्ने भएको छध्र त्यसमध्ये सर्वसाधार णका लागि १२ लाख कित्ता छुट्टैयाइएको छ। कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ।

























