stcnepal long ad
global ime bank long

ओखलढुङ्गाको मोलुङमा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

ओखलढुङ्गाको मोलुङमा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा
सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ ओखलढुङ्गाको मोलुङमा ४३ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । गत मंगलबार आयोजित एक कार्यक्रममा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट(प्रतिनिधि गोपाल तामाङ्गलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै मोलुङ गाउँपालिका वडा नं ६ का वडाध्यक्ष रामकाजी तामाङ्ग तथा बैंकका प्रदेश १ का प्रतिनिधी पुर्णबहादुर थापाले संयुक्त रुपमा शाखारहित बैंकिङ्ग सेवाको उदघाटन गरेका थिए ।
हालसम्म सनराइज बैंकले १२९ वटा शाखा,४३ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४९ वटा एटिएम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवाप्रदान गर्दै आइरहेको भन्दै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा सञ्चालन गर्दै जाने योजना रहेको बैंकले जनाएको छ ।

IME Lifesidebar
kumari