stcnepal long ad
ime life insurance
national life
global ime bank long

जेठ २८ गते  हिमालयन जनरल इन्स्योरेन्सको लाभांश पारित गर्न वार्षिक साधारण सभा

बीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको शुक्रबार जेठ २८ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय थापागाँउ काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ ।

सभामा कम्पनीले ६.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यसले आर्थिक वर्ष २०७६/०७७ को मूनाफाबाट ३ प्रतिशत बोनस र कर प्रयोजनसहित ३.७५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

साधारण सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने बारे सम्पूर्ण अधिकार सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि छ । साथै, आर्थिक वर्ष २०७७०/७८ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।

सभा प्रयोजनका लागि हिमालयनले जेठ १३ गतेदेखि २८ गतेसम्म बुक क्लोज गरेको छ । जेठ १२ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

IME Lifesidebar
kumari