stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सगरमाथामा “तमसोमा ज्योतिर्गमयको विश्व कीर्तिमान्”

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको आधार शिविर ५५५० मिटरमा AP1 टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम “तमसोमा ज्योतिर्गमय” को सफल छायाँकन भएको छ ।

उक्त विश्व कीर्तिमानको औपचारिक प्रयासलाई व्लर्ड बुक अफ रेकर्डस्, लण्डनको विश्व कीर्तिमान रुपमा मान्यता दिँदै आज प्रोभिजनल प्रमाणपत्र हस्तान्तरण गरेको छ ।

विश्व कीर्तिमानी शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यमा एवं व्लर्ड बुक अफ रेकर्डस् नेपालको अध्यक्ष सागर कट्वाल, हिपहप किङ्ग निर्णय श्रेष्ठ, वरिष्ठ फोटो पत्रकार एवं कीर्तिमानी गीतकार हरि गोपाल प्रधानको उपस्थितिमा उक्त प्रमाण पत्र AP1 Television का कार्यकारी उपाध्यक्ष राजेन्द्र शाक्यलाई हस्तान्तरण गरिएको छ ।

AP1 Television को तर्फबाट व्यवस्थापन प्रमुख सुरेश पौडेल, तमसोमा ज्योतिर्गमयका प्रस्तोता टिकाराम यात्री, कार्यक्रम निर्माता फुर्वा शेर्पा लगायतको उपस्थिति रहेको थियो ।

राज्यमन्त्री रामवीर मानन्धरले विश्वमै अलौकिक कार्य गर्न सफल भएकोमा AP1 Television र तमसोमा ज्योतिर्गमयका सम्पूर्ण टिमलाई बधाई ज्ञापन गर्नु भएको थियो ।

prabhu mahalaxmi
kumari