citizens life insurance long ad
stcnepal long ad

जो बाइडेन अमेरिकी राष्ट्रपति भएपछि पहिलो पटक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच पहिलो पटक जेनेभामाभेट गर्दै

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग जो बाइडेन अमेरिकी राष्ट्रपति भएपछि पहिलो पटक  भेटवार्ता गर्दैछन् । दुई नेताबीच १६ जुनमा स्वीट्जरल्याण्डको जेनेभामा भेटवार्ता हुन लागेको ह्वाइट हाउसले पुष्टि गरेको छ ।

बाइडेन र पुटिनले कैयौंपटक एकअर्काको व्यक्तिगत टिप्पणी गर्नु तथा अमेरिका र रुसबीचको सम्बन्ध राम्रो नभइरहेको अवस्थामा एकअर्काबीचको भेटलाई विश्वसमुदायले चासोका साथ हेरेको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिकाको एबीसी न्यूजसँगको कुराकानीमा २०२० मा पुटिनले अमेरिकी चुनावमा गरेको धाँधलीको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको थियो ।

बाइडेनले एक साक्षात्कारमा पुटिनलाई हानिकारक भएको टिप्पणी गर्नुभएको थियो । यसको जवाफ दिँदै रसियन टेलिभिजनसँगको कुराकानीमा पुटिनले आफू बाइडेनसँग लाइभ कार्यक्रममै बहस गर्न तयार रहेको बताउनुभएको थियो ।

यसअघि पनि बाइडेन र पुटिनको भेट हुने अनुमान लगाइएको भए पनि १६ जुनमा भेट हुन लागेको हो । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले भन्नुभएको छ, ‘भेटमा उठेका सबै मुद्दामा कुराकानी हुनेछ र ती मुद्दा के हुन् भन्नेबारे सबैलाई थाहा छ ।’

अमेरिकाले दुई देशबीचको सम्बन्धमा सुधार चाहेको बताउँदै साकीले विश्वव्यापी समस्याको बारेमा दुवै देशले सहयोग गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

IME Life
kumari