stcnepal long ad
ime life insurance
national life
global ime bank long

सेन्ट्रल फाइनान्सले लाभांश खातामा पठाउँदै

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल बुधबार, २१ फागुन २०७६

काठमाडौ । सेन्ट्रल फाइनान्स लिमिटेडले ७ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा फागुन २१ गतेदेखि जम्मा गर्ने भएको छ ।

कम्पनीले हितग्राही खातामा उपलव्ध भएको बैंक खातामा उक्त लाभांश रकम जम्मा गर्ने भएको हो । कम्पनीको फागुन १६ गते सम्पन्न २३औं वार्षिक साधारण सभाले चुक्तापूँजीको ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

हालसम्म पनि शेयर प्रमाणपत्र अभौतिकीकरण नगराएका शेयरधनीले शेयर अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाता सहितको विवरण अद्यावधिक गराएपछि मात्र नगद लाभांश जम्मा गरिदिने कम्पनीले उल्लेख गरेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल रहेको छ ।

prabhu mahalaxmi
kumari