citizens life insurance long ad
stcnepal long ad

चन्द्रागिरी नगरपालिकामा आजदेखि एक साता लकडाउन, पैदलयात्रुलाई हिँडडुलमा पुर्ण प्रतिबन्ध

Nimb long ad
Prabhu Insurance Long Ad

चन्द्रागिरी नगरपालिकामा आजदेखि एक साता लकडाउन, पैदलयात्रुलाई हिँडडुलमा पुर्ण प्रतिबन्ध
काठमाडौँ । काठमाडौँ उपत्यकाको चन्द्रागिरी नगरपालिकाले एक साता अवधिभरका लागि नगरपालिका सिल ९लकडाउन० गरेको छ ।

आज शनिबारदेखि लागु हुने गरि जेठ ७ गते सम्म बिहान ६ बजे देखि सांझ ५ बजे सम्म पैदलयात्रु तथा सर्वसाधरणलाई हिँडडुल गर्न पुर्ण रुपमा प्रतिबन्ध गरिएको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमणको रोकथाम र नियन्त्रणका लागि औषधी पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवा बाहेकका अन्य सेवा र सम्पूर्ण खाद्यान्न पसल, किराना पसल, मासु पसल, फलफुल तथा तरकारी पसल, निर्माण व्यवसायी लगायतका पसलहरु, नगरपालिकाका वडा कार्यलय, नगरबाट सञ्चालित योजनाहरु, सरकारी , गैरसरकारी, बैक तथा वित्तीय संस्थाहरु निजी सम्पुर्ण कार्यालयका सेवा पुर्णरुपमा बन्द गरि नगरपालिकालाई नै सिल गरेको हो ।

खानेपानी, ढुवानीका साधन, दुग्ध उत्पादन र दुग्ध उद्योगबाट उत्पादित दुधको ढुवानीका साधनलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरि सञ्चालन गर्न दिइएको छ ।

त्यसैगरी पशुपक्षीको दाना, कृषि प्रयोजनका बिउ, बिजन, कृषि उत्पादन, औषधी उद्योग लगायत फोहरमैला बोक्ने सवारी साधनहरुलाई सिल अवधिभर स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न दिइने भएको छ । यसैबीच नगरपालिका सिल भएपछि उपत्यका प्रवेश गर्ने नाका नागढुंगामा सुरक्षा जाँच कडा पारिएको छ ।

 

IME Life
kumari