citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर निर्णयले बैकिङ क्षेत्रमा तरंग

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौ । गत बिहीबार हिमालयन बैंक लि. र नेपाल इन्भेष्टमेन्ट बैंक लि. बीच मर्जरका लागि सम्झौता भयो । दुई बैंकको लामो प्रयासपछि नेपाली बैंकिङ क्षेत्रमा बिग मर्जरको दोस्रो प्रयासले औपचारिक बाटो तय गरेको छ ।

इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र हिमालयन बैंकको तर्फबाट अध्यक्ष तुलसी प्रसाद गौतमले सम्झौता पत्रमा हस्ताक्षर गर्दै मर्जर पछिको बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि’ प्रस्तावलाई सहर्ष स्वीकार गर्दै बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणालाई बनाउने रहने सहमति गरे ।

यी दुई बैंकको मर्जरपछिको एकिकृत कारोबार दुई महिनाभित्र हुनेछ । दुई पुराना र सबल बैंक बीचको चलेको यो मर्जर प्रकिया सफल हुनेमा बजार विश्वस्त पनि छ ।

यसले नेपाली बैंकिङ क्षेत्रमा एक किसिमको तरंग ल्याएँदैछ, जुन डेढ वर्षअघि ग्लोबल आईएमई बैंक र जनता बैंकबीच भएको मर्जले ल्याएको तरङ्ग भन्दा ठूलो हुन्छ । मर्जपछि हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक नेपालको सबैभन्दा ठूलो बैंक बन्ने दावी बैंकका प्रर्वद्धक तथा उच्च व्यवस्थापकले गरेका छन् ।

यो भनाइले एनआईसी एशिया बैंक, ग्लोवल आईएमई बैंक र नबिल बैंकको नेतृत्वलाई तनाव थपको छ । पुँजी, व्यवसाय, नेटवर्क, नाफाको हिसावले नम्बर वान बन्ने तीन बैंकको प्रतिस्पर्धामा हिमालयन एण्ड इन्भेष्टमेन्ट थपिएको छ ।

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक अरू भन्दा कम छैन । दुई महिनापछि हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकको कुल चुक्ता पुँजी २६ अर्ब ९४ करोड रुपैयाँ पुग्नेछ । जुन वाणिज्य बैंकहरुमा सबैभन्दा बढी हो । बैंकको कुल पुँजी पनि अन्य २५ वाणिज्य बैंकको भन्दा बढी हुनेछ । वाणिज्य बैंकमा सबैभन्दा ठूलो बैंक बन्ने दावी गरेको हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक अधिकांश सूचकमा अगाडि हुनेछ ।

बैंकको पुँजी, निक्षेप संकलन र कर्जा लगानीमा सबैभन्दा अगाडि देखिए पनि अन्य सूचकहरुमा भने बैंकले अन्य बैंकहरूसँग प्रतिस्पर्धा गर्न थप कसरत गर्नु पर्ने तथ्यांकले देखाउँछ ।

निक्षेप र कर्जामा एनआईसी एशियासँग टक्कर

एकिकृत कारोबारपछि हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकको निक्षेप २ खर्ब ९८ अर्ब रुपैयाँ हुनेछ । बैंक निक्षेप संकलनमा अगाडि नै देखिए पनि यसको कडा प्रतिस्पर्धीका रुपमा एनआईसी एशिया बैंक देखिएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको तथ्यांकको आधारमा एनआईसी एशिया बैंकले २ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । निक्षेपमा यी दुई बैंकबीच तुलना गर्दा हिमायन एण्ड इन्भेष्टमेन्ट बैंक एनआइसी एसिया बैंकभन्दा २३ अर्ब रुपैयाँले अग्रता कायम गर्नेछ ।

यस्तै, हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकले कर्जा लगानीमा पनि एनआइसी एशियासँग नै प्रतिस्पर्धा गर्नु पर्ने देखिन्छ । बिग मर्जर गरेर सबैभन्दा ठूलो बैंक हुने दावी गरेपनि अहिले पनि सो बैंकसँग प्रतिस्पर्धा गर्न धेरै बैंक तयार छन् ।

कर्जामा मात्रै एनआइसी एशिया बैंक २९ अर्ब रुपैयाँले पछाडि छ । एनआइसी एशिया बैंकको कुल कर्जा लगानी २ खर्ब ५९ अर्ब २० करोड रुपैयाँ गरेको छ भने हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकको कर्जा २ खर्ब ८८ अर्ब १२ करोड रुपैयाँ कायम हुनेछ ।

एनआइसी एशिया बैंकलाई पनि अब आफ्नो साख जोगाउन भने ठूलो चुनौती देखापरेको छ । एनआइसी एशिया बैंकलाई आफ्नो रफ्तार कायम गर्न अर्थात हिमायन एण्ड इन्भेष्टमेन्ट बैंकलाई जित्न थप आक्रामक बन्न सक्छ । एनआइसी बैंक र बैंक अफ एशियाबीच मर्जर भएर बनेको एनआईसी एशिया अर्को मर्जको पक्षमा छैन ।

यस्तै, निक्षेप संकलन र कर्जा विस्तारमा यी दुई बैंकसँगै अन्य बलियो बैंकहरु पनि आक्रामक रुपमा अगाडि बढिरहेका छन् । कर्जा र निक्षेपमा ग्लोबल आईएमई बैंक तेस्रो नम्बरमा हुनेछ ।

कर्जामा नबिल चौथो र निक्षेपमा राष्ट्रिय वाणिज्य बैंक चौथो नम्बरमा हुनेछ । यी बैंकहरुलाई अब आफ्नो स्थान सुरक्षित गर्न कुनै बैंक तथा वित्तीय संस्थाको जरुरी पर्ने देखिएको छ ।

शाखामा विस्तारमा कृषि विकास बैंक आक्रामक

हिमायन एण्ड इन्भेष्टमेन्ट बैंकले आफु सबैभन्दा बलियो र ठूलो बैंक भनेर दावी गरेपनि शाखा विस्तारमा भने कमजोर देखिएको छ । सो बैंक शाखा विस्तारमा चौधौं नम्बरमा छ । शाखा विस्तारमा सबैभन्दा अगाडि कृषि विकास बैंक छ । कृषि विकास बैंकको हालसम्म २ सय ७६ वटा शाखा छन् भने हिमायन एण्ड इन्भेष्टमेन्ट बैंकका १ सय ५२ वटा मात्रै छन् ।

शाखा विस्तारमा कृषि विकास बैंकसँग प्रतिस्पर्धा गर्न हिमायन एण्ड इन्भेष्टमेन्ट बैंकले धेरै कसरत गर्नु पर्ने देखिएको छ । अहिले वाणिज्य बैंकको शाखा संख्या ४ हजार १ सय २६ पुगेको छ ।

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार हालसम्म वाणिज्य बैंकहरुको शाखा सो संख्यामा पुगेको हो । हाल २७ वटा वाणिज्य बैंक सञ्चालन रहेकोमा ती बैंकहरुको शाखा संख्या न्यूनतम १२ देखि अधिकतम २ सय ७६ वटासम्म रहेको छ । शाखाको हिसावले दोस्रो नम्बरमा ग्लोबल आईएमई, तेस्रोमा एनआईसी एशिया, चौथोमा राष्ट्रिय वाणिज्य बैंक र पाँचौंमा प्रभु बैंक छ ।

चुक्ता पुँजीमा ग्लोबलले पछ्याउने

ग्लोबल आईएमई बैंक पनि ठूलो मर्जर गरिसकेको बैंक हो । यश बैंकमा किष्ट,ग्राण्ड र जनता बैंक मर्ज भैसकेका छन। ग्लोबल आईएमई बैंकले २०७६ असारमा जनता बैंकसँग मर्जर गरेको थियो ।

ठूलो बैंकसँग मर्जर गरेर पनि अहिले ग्लोबललाई फेरि पुँजीमा पहिलो स्थान हुनबाट रोक्दै हिमालयन एण्ड नेपाल इनभेष्टमेन्ट बैंक पहिलो बैंक बन्ने भएको छ । जसले ग्लोबललाई थप चाप पर्ने देखिन्छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ छ । तर, अब बिग मर्जर गरेर आएको हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी भने २६ अर्ब ९४ करोड रुपैयाँ हुनेछ ।

दुई बैंकहरुसँगै अरु बैंकहरु पनि प्रतिस्पर्धाको दौडमा हुनेछन् । बढी चुक्ता पुँजी हुने बैंकको तेस्रो स्थानमा कृषि विकास बैंक, चौथोमा एनएमबि र पाँचौंमा प्राइम कमर्शियल बैंक हुनेछन् ।

चुक्ता पुँजी सबैभन्दा कम भएको बैंकको रुपमा स्ट्यान्डर्ड चार्टर्ड बैंक देखिएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको चुक्ता पुँजी न्युनतम ८ अर्ब रुपैयाँ हुनु पर्ने व्यवस्था मौद्रिक नीति मार्फत गरेको थियो ।

जगेडामा नेपाल बैंकको स्थान झर्यो

सरकारी लगानी रहेको नेपाल बैंक हालसम्म सबैभन्दा ठूलो जगेडा कोष रहेको बैंकका रुपमा चिनिएको थियो । तर, अब भने हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरले यसको स्थान तल झरेको छ ।

हाल नेपाल बैंकको जगेडा कोषमा १६ अर्ब ८४ करोड ५ लाख रुपैयाँ छ । तर ३ अर्बले अग्रता लिँदै हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकले अब जगेडा कोषमा सबैलाई पछि पार्नेछ ।

अब हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकको जगेडा कोष १९ अर्ब १४ करोड २९ लाख रुपैयाँको हुनेछ । जगेडा कोष ठूलो हुने तेस्रो बैंकका रुपमा राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंक पनि रहेको तथ्यांकले देखाउँछ ।

जगेडा कोषमा सबैभन्दा कम रकम रहेको बैंक भने सेञ्चुरी कमर्शियल बैंक देखिएको छ । सबै वाणिज्य बैंकका वित्तीय विवरण नियाल्दा बिग मर्जर गरेर बनेको हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकसँग प्रतिस्पर्धा गर्न एनआईसी एशिया बैंक, ग्लोवल आईएमई बैंक र नबिललाई दवाव बढेको छ भने साना बैंकलाई टिक्नको लागि थप दवाव परेको छ

himalayan life insurance
igi long