stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

स्वावलम्बन लघुवित्तको बोनस शेयर सूचिकरण रोकियो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल मंगलबार, २० फागुन २०७६

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाकोे बोनस शेयर सूचिकरण गर्न नेपाल स्टक एक्चेन्ज (नेप्से) ले रोकेको छ । नेप्सेले लगानीकर्ताले पाउने २६ प्रतिशत बोनस शेयर पाउने सुनिश्चिता हुने अवस्था अन्योल भएसम्मका लागि उक्त बोनस शेयर सूचिकरणमा रोक लगाएको हो ।

संस्थाले लगानीको हित विपरित भएको भन्दै उक्त विषयको अन्तिम टुंगो नलागेसम्म स्वावलम्बनको बोनस कारोबार धितोपत्र सूचीकरण विनियमावली, २०७५ को १६ (ग) बमोजिम सूचीकरण स्थगन गरिएको जनाएको छ ।

यस सम्बन्धमा स्पष्टीकरण माग्दै नेप्सेले संस्थालाई तथ्य सत्य विवरण नेप्सेमा ३ (तीन) कार्य दिन भित्र पेश गर्न भनेको छ । नेप्सेमा आज मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको नेप्सेको प्रवक्ता मुराहरी पराजुलीले बताए ।‘कम्पनी रजिष्टारको कार्यालयले पठाएको विवरण अस्पष्ट भएको कारोबारमा रोक लगाइएको हो,’ उनले भने ‘अब  स्पष्ट विवरण आएपछिमात्र शेयर सूचिकृत गरिने छ ।

prabhu mahalaxmi
kumari