सारथी नेपाल लघुवित्तको नाफामा आकर्षक वृद्धि
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सारथी नेपाल लघुवित्तको खुद नाफा २१८.९५% ले बढेर ६ करोड ५५ लाख ३० हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड ५ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी बढेकाले नाफा बढ्न सहयोग पुगेको हो ।
खुद ब्याज आम्दानी २३०.१८% ले बढेर १६ करोड ९६ लाख ८३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५ करोड १३ लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।
यता, सञ्चालन अम्दानी भने ३६ करोड ९७ लाख ५० हजार रुपैयाँ ऋणात्मक छ । अघिल्लो वर्ष यसले १ करोड १२ लाख १७ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा सारथी नेपालको प्रतिसेयर आम्दानी वार्षिक ३७ रुपैयाँ १२ पैसा र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ८३ पैसा छ ।
नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्तले असोज ५ गतेदेखि एकिकृत कारोबार सुरु गरेकाले अघिल्लो वर्षको प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ वित्तीय विवरणमा समावेस छैन ।























