stcnepal long ad
global ime bank long

इटलीविरुद्ध म्यान्चेस्टरको फराकिलो जित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एजेन्सी । युरोपा लिग सेमिफाइनल पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले इटलीको रोमामाथि जित हासिल गरेको छ ।

म्यानचेस्टरले रोमामाथि ६–२ गोलअन्तरको फराकिलो जित हात पारेको हो । यो जितले उनीहरु अर्को महिना हुने फाइनलका लागि लगभग छनोट हुनेछन् ।

म्यान्चेस्टरका लागि बुर्नो फर्नान्डेज र इडिन्सन काभानीले २–२ गोल गरेका हुन् । यस्तै पोग्वा र काभानीको पासमा ग्रिनउडले गोल गरी ६–२ को जित निश्चित गरेका हुन् ।

युरोपेली स्तरको सेमिफाइनल खेलमा सन् १९६४ पछि पहिलोपल्ट ६ गोल सम्भव भएको हो । यसअघि रियल मड्रिडले तत्कालीन युरोपियन कपमा ६ गोल गरेको थियो ।

अर्को सेमिफाइनल पहिलो लेगमा इंग्लिस टोली आर्सनलले स्पेनको भिल्लारियलसँग २–१ को पराजय ब्यहोरेको छ । खेलमा दुवै टोली १० खेलाडीमा समेटिएका थिए । दोस्रो लेग इमिरेट्स रंगशालामा अर्को साता हुनेछ ।

IME Lifesidebar
kumari