citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

दुई दिनमै सोल्ड आउट भयो सुजुकी हायाबुसा

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । भारतमा लन्च भएको सुजुकीको सुपरबाइक २०२१ हायाबुसा दुई दिनमै सोल्ड आउट भएको छ । सुजुकीले भारतमा गत अप्रिल २६ का दिन लन्च भएको थियो ।

भारतमा पहिलो लटमा १०१ हायाबुसा आइपुगेका थिए । आगामी मे महिनाको मध्यदेखि यसको डेलिभरी प्रारम्भ गरिने र सबै युनिट डेलिभरी गर्न करिव दुई देखि तीन महिना लाग्ने अनुमान गरिएको छ ।

भारतमा सुजुकी हायाबुसा लोकप्रिय सुपरबाइक मानिन्छ । यसको आइकनिक आकार, ठूलो साइज र मुभी स्टारिङ स्टाटसका कारण धेरैको रोजाइमा परेको छ ।

यो सुपरबाइकमा इन्जिन पनि अपडेट गरिएको छ । यसमा १३४० सीसी, इनलाइन फोर सिलिन्डर, लिक्विडकुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले युरो ५ मापदण्डलाई पालना गरेको छ ।

सो इन्जिन राइड–बाई–वायर थ्रोटल सिस्टमयुक्त छ । त्यसैगरी यसमा अपडेट गरिएको इन्टेक र एक्जस्ट सिस्टम पनि छ । यी सबैका कारण लो तथा मिड रेन्जमा पावर र टर्क आउटपुट बढाउन सहयोग पुग्छ ।

नयाँ सुजुकी हायाबुसा २०२१ को मूल्य १६ लाख ४० हजार भारु तोकिएको छ, जुन पहिलेको मोडल भन्दा ३ लाख भारु. महंगो हो ।

himalayan life insurance
igi long