आइसीएफसी फाइनान्सको ६५.७३ प्रतिशतले बढ्यो नाफा
काठमाडौं । आइसीएफसी फाइनान्सको नाफा ६५.७३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको तेस्रो त्रैमाससम्म १० करोड ७३ लाख ७० हजार रुपैयाँ नाफा कमाएको फाइनान्सले चालु आर्थिक वर्षको सोही अविधीसम्म आइपुग्दा १७ करोड ७९ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको हो ।
फाइनान्सको चैत मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी १ अर्ब २ करोड ४२ लाख ६५ हजार रुपैयाँ र जगेडा कोषमा ३४ करोड ३६ लाख ४८ हजार रुपैयाँ रहेको छ ।
फाइनान्सले ४ अर्ब ३३ करोड १७ लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरेर १० अर्ब २२ करोड ७९ लाख ५१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । फाइनान्सको सञ्चालन नाफा पनि ६५.९१ प्रतिशतले बढेर २५ करोड ३८ लाख ४७ हजार रुपैयाँ पुगेको छ भने वितरणयोग्य नाफा १० करोड ३० लाख ३३ हजार रुपैयाँ रहेको छ ।
यस्तै अघिल्लो वर्ष ०.६० प्रतिशत खराब कर्जा रहेको फाइनान्सको यस वर्ष भने घटेर ०.५१५ मा सीमित भएको छ ।
फाइनान्सको चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २३ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ १७ पैसा रहेको छ ।























