stcnepal long ad
global ime bank long

कोराना उपचारमा अमेरिकाले भारतलाई सहयोग गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एजेन्सी । भारतमा बढ्दै गएको महामारी नियन्त्रणका लागि विभिन्न राष्ट्रहरुले सहयोग गर्ने जनाएका छन् । अमेरिकाले कोरोनाको उपचाका लागि आवश्यक औषधि र परीक्षण कीटहरु उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । त्यसैगरी बिरामीको उपचाका लागि अक्सिजनको सहज आपूर्तिको व्यवस्था मिलाउने पनि ती राष्ट्रहरुले प्रतिबद्धता जनाएका छन् ।

कोरोनाको महामारी तीव्र रुपमा फैलँदै गएपछि भारतमा अक्सिजनलगायत स्वास्थ्य सामग्रीको चरम अभाव भएको छ ।

अमेरिकाले भारतलाई कोभिड नियन्त्रणका लागि आवश्यक सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता जनाएको बीबीसीले उल्लेख गरेको छ । अक्सिजन र औषधिको अभावमा बिरामी र उनीहरुका आफन्तले सामाजिक सञ्जालमा सहयोगको याचना गरेसँगै विभिन्न राष्ट्रले उपचारका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

भारतमा पछिल्लो २४ घण्टामा २ हजार ७ यस ६७ जनाको मृत्यु भएको छ भने साढे तीन लाख जना नयाँ संक्रमित थपिएका छन् । कोरोनामा महामारी सुरु भएयताको सबैभन्दा उच्च आँकडा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

IME Lifesidebar
kumari