शनिबार ललितपुरस्थित गुडविल होटेलमा मेड इन नेपाल मेला लाग्दै
काठमाडौं । नेपालमा उत्पादित नेपाली सामानहरुको प्रबर्दन गर्ने उद्देश्यले ललितपुरको गुडविल होटेलमा शनिबार दोस्रो गुडविल मेला लाग्ने भएको जनाएको छ ।
विभिन्न नेपाली सामानहरु रहने उक्त मेलामा निःशुल्क प्रवेशको व्यवस्था रहेको आयोजकले जनाएको छ । उपभोक्ताको उल्लेख्य उपस्थिती रहने अपेक्षा गरिएको उक्त मेलामा नेपालमा उत्पादित नेपाली सामानहरु विशेष छुटको समेत व्यवस्था गरिएको छ ।























