stcnepal long ad
ime life insurance
national life
global ime bank long

दोलखाको बिगुमा जीप खस्यो स् ४ जनाको मृत्यु, १७ घाइते

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । दोलखाको बिगु गाउँपालिका– ४ मा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । टाटा कम्पनीको प्रदेश–३–०१–०२३ च ७५८० नम्बरको ‘योद्धा’ जीप दुर्घटना भएको दोलखा प्रहरीले जनाएको छ ।

दोलखाका डिएसपी भेषराज रिजालका अनुसार सिंगटीबाट लादुकतर्फ जान लागेको जीप गएराति साढे १० बजेतिर दुर्घटनाग्रस्त भएको हो । जीप सडकबाट करिब डेढ सय मिटर तल खसेको जनाइएको छ। दुर्घटनामा १७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बिगु( ३ घर भएका ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्का र २४ वर्षीय चण्डिका थापा रहेको प्रहरीले जनाएको छ ।

१७ घाइतेमध्ये १० जनालाई राति नै थप उपचारका लागि काठमाडौं पठाइएको र बाँकीको दोलखा सदरमुकाम चरिकोट तथा काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

IME Lifesidebar
kumari