stcnepal long ad
ime life insurance
national life
global ime bank long

१० लाख ६३ हजार भ्रष्टाचार गर्ने प्रशासकीय अधिकृत विरुद्ध मुद्दा दायर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धार्चे गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बाबुराम पाण्डे समेत सात जना विरुद्ध गैरकानूनी लाभ तथा हानि गरी भ्रष्टाचार गरेको अभियोगमा सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गोरखाको नौलीखोला तेस्रो लघु जलविद्युत् आयोजना मर्मत तथा पुनर्निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी गरी अनियमितता गरेको पाइएको छ ।

सो कार्यका लागि प्रमुख प्रशासकीय अधिकृत पाण्डे, इन्जिनीयर प्रवीन बस्ती सबइन्जिनीयर रामनारायण चौधरी विरुद्ध रु १० लाख ६३ हजार ५७ बराबरको भ्रष्टाचार गरेको पाइएको छ ।

यस्तै, आयोगले आयोजनाका उपभोक्ता समितिका अध्यक्ष दमाइँ गुरुङ, सचिव हसिमान गुरुङ र कोषाध्यक्ष अनिता गुरुङ विरुद्ध पनि समान बिगो दाबी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो । त्यस्तै, वडास्तरीय अनुमगन तथा सुपरीवेक्षण समितिका अध्यक्ष सूर्यमान गुरुङलाई भने बिगो दाबी गरिएको छैन ।

IME Lifesidebar
kumari