stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सेञ्चुरी बैंकद्वारा विद्यार्थीहरुलाई सहयोग

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल आइतबार, १८ फागुन २०७६

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको बेलचोक, नारायणगढ शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इच्छाकामना–६, चितवन स्थित देवीभञ्ज्याङ्ग राष्ट्रिय आधारभूत विद्यालयका लिखोलामा कक्षा १ देखि ५ सम्म अध्ययनरत बालबालिकाहरुका लागि १२२ थान विद्यालय पोशाक हस्तान्तरण गरेको छ । विद्यालयको २६ औं वार्षिकउत्सव तथा अभिभावक दिवसको उपलक्ष्यमा बालबालिकाहरुको लागि विद्यालय पोशाक बंैकका हेटौंडा क्लस्टर प्रमुख शंकर केसी तथा बेलचोक, नारायणगढ शाखा प्रमुख गणेशप्रसाद शर्माले विद्यालयका प्रध्यानाध्यापक ज्ञानुदेबी पाण्डेलाई हस्तान्तरण गर्नुभएको हो ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।

prabhu mahalaxmi
kumari