stcnepal long ad
global ime bank long

सेञ्चुरी कमर्सियल बैंकद्वारा धुलिखेलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल आइतबार, १८ फागुन २०७६

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले बैंक सम्बन्धि अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न गरेको छ । बैंकको शाखा कार्यालय धुलिखेलमा बैंकले स्थानीय शेयरधनी, जनप्रतिनिधी र बैंकिङ पहुँच बाहिर रहेका ग्राहकहरुका लागि समुदायमा बैंक सम्बन्धि उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रम धुलिखेलस्थित चेयर्स लाउञ्ज बारमा धुलिखेलका संस्थापक नगरप्रमुख एवं होटल व्यवसायी बेलप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा सेञ्चुरी बैंकले हालैमात्र संचालनमा ल्याएको वीमाको सुविधा सहितको सेञ्चुरी प्लस खाता र अनुदानमा आधारित सहुलियत कर्जा सम्बन्धि जानकारी शाखा प्रबन्धक दिपक ढुँगानाले गराएका थिए ।

साथै, बैंकको लगानीमा संचालनमा रहेको शेयर रजिष्टार सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडका अधिकृत सरोजा फुयालले शेयर लगानी सम्बन्धि सचेतना र पोर्टफोलियो ब्यवस्थापनको सम्बन्धमा जानकारी गराएका हुन् ।

बैंकको बचत सुविधा सम्बन्धि बरिष्ठ गायक रामहरि न्यौपानेले गीत मार्फत प्रस्तुत गरे । बचत सुविधा सम्बन्धि ग्राहकहरुको जिज्ञासाको समाधान बैंकका प्रमुख बजार अधिकृत शेखरराज बस्ताकोटी र कर्जा सम्बन्धि ग्राहकहरुको जिज्ञासाको समाधान बैंकका कृषि तथा विपन्नवर्ग कर्जा विभागका प्रमुख प्रविण कुमार दाहालले गरेका थिए ।

कार्यक्रम धुलिखेल अस्पतालका मेडिकल डिन डा. राजेन्द्र कोजु, जिल्ला पशु सेवा कार्यालय तथा भेटेरीनरी अस्पतालका पशुविकास अधिकृत राजकुमार हुमागाई, धुलिखेल नगरपालिका लेखा अधिकृत डि.वि. बस्नेत, धुलिखेल नगरपालिकाका वडा अध्यक्षहरु, सहकारीकर्मी  लगायत संस्थापक शेयरधनी र सेवाग्राहीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सभापतित्व बैंकका प्रमुख बजार व्यवस्थापक शेखरराज बस्ताकोटीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन धुलिखेल शाखाका बजार व्यवस्थापक हरिकृष्ण दाहालले गरेका थिए ।

बैंकले देशभर १ सय ३८ स्थानबाट बैकिङ सेवा र ८३ वटा एटिम मार्फत सेवा पु¥याउँदै आएको छ ।

IME Lifesidebar
kumari