आज मेलम्ची पानीको राष्ट्रपति भण्डारीले औपचारिक उद्घाटन गर्दै
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज शुक्रवार मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उद्घाटन गर्दैछिन् ।
भृकुटीमण्डपमा नवनिर्मित धारा खोलेर राष्ट्रपति भण्डारीले मेलम्चीको पानी वितरणको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।दिउँसो २ बजे हुने मेलम्चीको पानी वितरण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने छन्। काठमाडौँमा गएको आइतबार(चैत १५) गते देखि नै मेलम्चीको पानी वितरण सुरु गरिएको थियो।























