citizens life insurance long ad
stcnepal long ad

नेपाल पुनर्बीमाको १८३ दिनमा ३८ अर्ब ९० करोडको कारोबार, नियम विपरित शेयरधितो कर्जा दिदै बैंक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कोभिड १९ को महामारीको अवधिमा सर्वसाधारण लगानीकर्तालई राहात प्रदान गरेको नेपाल पुनर्बीमा कम्पनीको दोस्रो बजारमा १८३ दिनमा ३८ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको छ । सरकारले कोभिड १९ को नियन्त्रण तथा रोकथामका क्रममा उद्योग कलकारखाना, स्कुल, कलेज, व्यापार वन्द गर्दा कतिपय सर्वसाधारण लगानीकर्ताले नेपाल पुर्वाधारको शेयर बिक्री गरेर खर्च टारेका थिए ।

नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार गएको असार १५ गतेदेखि सुरु भएको थियो । पहिलो कारोबार नै ३८२ रुपैयाँमा भयो । कारोबार सुरु भएको केहि दिनमै ५ नाघे पछि हरेक दिन सर्किट लागेको थियो । सर्किट लाग्दै लाग्दै सबैभन्दा अधिकतम १८३६ रुपैयाँ पुग्यो । अहिलेसम्मको औषत मूल्य भने १११६ रुपैयाँ पर्न आउछ ।

कम्पनीको प्राथमिक शेयर बाँडफाँड हुँदा सर्वसाधारणले न्युनतम ४० कित्ता र अधिकतम ५० कित्तासम्म पाएका थिए । गत वर्षको चैत ४ गदेखि ७ गतेसम्म प्राथमिक शेयर निष्काशन गरेको थियो । नेपाल सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि लकडाउन गर्दा बाँडफाँडमा ढिलाइ भएको थियो ।

कम्पनीले सर्वसाधारण समुहको एक अर्ब ६० करोड रुपैयाँको प्राथमिक शेयर जारी गरेको थियो । कम्पनीले कर्मचारीका लागि ७३ हजार ५०० कित्ता र सामुहिक लगानी कोषका लागि ८ लाख कित्ता बाँडफाँड गरिएको थियो । म्युचुअल फण्डहरुले खरिद गरेको अधिकाम्स शेयर बिक्री गरेका छन् । कर्मचारीहरुले खरिद गरेको शेयर भने तीन वर्षसम्म बिक्री गर्न पाउदैनन् ।

कम्पनीले अन्तर्राष्ट्रिय व्यवसाय भित्र्याउनका लागि रेटिङ अनिवार्य गर्नु पर्छ । राम्रो रेटिङका लागि कम्पनीले पूँजी बढाउनु पर्ने विज्ञहरु बताउछन् । यसै विश्लेषण गरेर कम्पनीले हकप्रद शेयर निष्काशन गर्नु पर्ने बाध्यता रहेको लगानीकर्ताको अनुमान छ । हकप्रद र गएका वर्षको सञ्चित मुनाफाबाट लाभांस वितरण गर्ने हल्लाले पनि दोस्रो बजारमा कम्पनीको शेयर मूल्य बढिरहेको हो ।

दोस्रो बजारमा मूल्य बढ्दा एकै दिन एक अर्ब १६ करोड रुपैयाँसम्म कारोबार भएको थियो । एक अर्ब भन्दा माथिको कारोबार तीन दिन भएको पाइन्छ । लगानीकर्ताले कम्पनीको शेयर मूल्य अझै माथि पुग्ने अनुमान लगाउदै अधिकाम्सले १६ सय देखि १८ सयको विचमा अत्याधिक कारोबार भएको छ ।

हालसम्म कम्पनीको १८३ दिन मात्रै कारोबार भयो । तर कतिपय बैंक वित्तीय संस्था तथा ब्रोकरहरुले नियम विपरित शेयरधितो कर्जा प्रवाह गरिरहेका छन् । भित्रि रुपमा उनिहरुले कर्जा प्रवाह गरिरहेका छन् । नियम अनुसार दोस्रो बजारमा सूचिकृत भएको १८० दिन कारोबार भएको हुनु पर्छ ।

 

IME Life
kumari