नेपाल स्टक एक्सचेन्जमा नेशनल लाईफको बोनस शेयर सूचिकृत
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३० लाख ८२ हजार ६२६ कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७५/०७६ मा पारित गरेको १० प्रतिशत बोनस शेयर आज नेप्से सूचिकृत भएको हो । कम्पनीले उक्त लाभांस ३२ औ वार्षिक साधारणसभाबाट अनुमोदन गरेको थियो । बोनस शेयर सूचिकृत भए सँगै कम्पनीको चुक्ता पूँजी तीन अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।























