citizens life insurance long ad
stcnepal long ad

पोल्याण्डको कम्पनीलाई नयाँ नक्सा अंकित एक रुपैयाँको सिक्का छाप्ने जिम्मा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पोल्याण्डको मेन्निका पोल्स्काले नयाँ नक्सा अंकित एक रुपैयाँको सिक्का डिजाइन, टकमरी तथा आपूर्ति गर्ने जिम्मा  पाएको छ । नेपाल राष्ट्र बैंकले ग्लोबल टेण्डर मार्फत उक्त कम्पनीलाई छनोट गरेको हो ।

सझौता अनुसार एक रुपैयाँ दरको ३० करोड थान सिक्का ५१ लाख १५ हजार युरोमा डिजाइन, टकमरी तथा आपूर्ति गर्नु पर्ने छ । मन्त्रिपरिषदले गत भदौमा लिम्पियाधुरा र लिपुलेक सहितको नयाँ नक्सा अंकित एक र दुई रुपैयाँको सिक्का छाप्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको थियो ।

राष्ट्र बैंकले मन्त्रिपरिषदको निर्देशन पछि दुई रुपैयाँको सिक्का छाप्न पनि यसै कम्पनीलाई गत महिना जिम्मा दिएको थियो ।

IME Life
kumari