citizens life insurance long ad
stcnepal long ad

स्पेनिस ला लिगामा बार्सिलोनाले रियल सोसिडाडलाई हरायो, मेस्सीको कीर्तिमान

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल सोसिडाडलाई ६–१ गोल अन्तरले हराएको छ । गए राति भएको खेलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सी र सेर्जिनो डेस्टले दुईरदुई तथा एन्टोनियो ग्रीजम्यान र ओसुमाने डेम्बेलेले एकरएक गोल गरे । सोसिडाडका एण्डरले एक गोल फर्काए ।

यो सँगै लियोनल मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान समेत बनाएका छन् । उनले क्लबबाट ७ सय ६८ खेल खेलेका हुन् । जितपछि बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २८ खेलमा ६२ अंक जोडेको छ । सोसिडाड ४५ अंकसहित पाँचौं स्थानमा छ ।

IME Life
kumari